माघ १५ गतेदेखि पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

  • ख-
  • ख+

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।

“लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ” भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीले जानकारी दिए ।

 महोत्सवबारे छलफलका लागि शनिबार पोखरामा आयोजित अन्र्तक्रियाका क्रममा बोल्दै पराजुलीले विगतमा आफ्नो नेतृत्वमा दोहोरी प्रतियोगिता, दोहोरी साँझको सुरुवात, तिजगीत प्रतियोगिताको सुरुवात गराएको दावी गर्दै भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

“हिजोका दिनमा दोहोरी गाएर हिँड्दा धेरैले यो क्षेत्रमा लाग्न हुँदैन भन्नुहुन्थ्यो” पराजुलीले भने “आज त्यहि दोहोरी धेरै कलाकारका लागि आफ्नो जीवन सफल बनाउने, देश विदेशमा चिनाउने, नाम र दाम दुबै कमाउने अवसर बनेको छ” । भजनलाई पनि दोहोरीकै स्थानमा पु¥याई व्यवसायिक बनाउने उद्धेस्यले महोत्सव नै गर्न लागिएको उनको भनाई छ । “अहिले धेरै ठाउँमा भजनहरु त गाईन्छ, तर त्यसको पूरा रुप प्रस्तुत भएकै हुँदैन ।” उनले भने “हाम्रा पिता पुर्खाले छोडेर गएका पूराना भजनहरु संरक्षण गर्दै नयाँ पुस्तामा त्यसलाई हस्तान्तरण गर्नु अहिलेको आवस्यकता हो ।”

प्रतियोगिताले देश विदेशमा रहेका नेपालीहरुलाई आफ्नो संस्कृतिप्रतिको मोह अझै बढाउने उनको भनाई थियो । पोखरामा हुने भजन महोत्सव लगत्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने गरी देशव्यापी भजन च्याम्पियन गर्ने तयारी गरेको उनले खुलाए ।

महोत्सवबारे छलफलका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिधिहरु पोखरामा भेला भएका थिए । भेलाले कार्यक्रम सफल पार्नका लागि अध्यक्ष प्रजापती पराजुलीलाई मूल समारोह समिति संयोजकको जिम्मेवारी दिएको छ भने विभिन्न उपसमिति गठन गरेको छ ।मूल समारोह समितिमा सबै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।

अतिथि सत्कार उप–समिति संयोजकमा दुर्गाप्रसाद कोईराला, मञ्च व्यवस्थापन उप–समिति सयोजकमां खगेन्द्र पराजुली, भजनकृतन उप–समिति सयोजकमां शालिकराम गौतम, प्रचारप्रसार उप–समिति सयोजकमां पत्रकार जीवन सुवेदी र राजाराम पौडेल रहेका छन् ।

त्यस्तै  प्रसाद वितरण उप–समिति सयोजकमां अणनाथ अधिकारी, आर्थिक व्यवस्थापन उपसमितिमा प्रष्ठिानका कोषाध्यक्ष प्रेमराज अधिकारी चयन भएका छन् ।

भेलाले प्रकाशन तथा मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा बसन्त बास्तोला, झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजकमा दुर्गादत्त पराजुली, खाना तथा आवास व्यवस्थापन उपसमिति संयोजकमा लेखनाथ तिवारीलाई चयन गरेको छ ।

त्यसैगरी सरसफाई उपसमिति र आमा समूह परिचालन उपसमिति संयोजकमा उषा माता, स्वयंसेवक परिचालन उपसमितिमा रामचन्द्र दाहाल, संघसंस्था परिचालन उपसमितिमा  भोला भण्डारी संयोजक चयन भए ।

कलाकार व्यवस्थापनतर्फ तारापती सुवेदी, शान्ति सुरक्षा व्यवस्थापनमा नारायण भुषाल, प्राथमिक उपचारतर्फ  गोमा सुवेदी, पूजा व्यवस्थापनमा सावित्री त्रिपाठी र  धार्मिक संघ संस्था परिचालनमा भोला भण्डारीलाई उपसमिति संयोजक चयन गरिएको छ ।

माघ १५ गतेदेखि २३ गतेसम्म पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने उक्त भजन चुड्का प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार पाउनेछ । दोश्रो हुनेलाई ३१ हजार, तृतियलाई २१ हजार र सान्त्वना हुने समूहलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक पराजुलीले जानकारी दिए । साथै उत्कृष्ट झाँकी, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र अनुशासित टिमलाई प्रोत्साहन स्वरुप रु ७ हजार ५ सय प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी समूहले ३० मिनेटको समय पाउनेछ । सुरुको ५ मिनेट आरती भजन, १० मिनेट भजन र बाँकी १५ मिनेटको समय रोईला दोहोरी भजन प्रस्तुत गर्नुपर्ने नियम बनाईएको पनि पराजुलीले सुनाए ।    
सो अवसरमा प्रतिष्ठानको भवन निर्माणका लागि कृष्णकुमारी कुँवरले नगद रु ५० हजार सहयोग प्रदान गरिन् ।

प्रतिष्ठानका अध्यक्ष प्रजापती पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खगेन्द्र पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव डा. तुलसी प्रभासले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्