एमाले कास्कीकाे अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

  • ख-
  • ख+

पाेखरा ।
नेकपा एमाले कास्की १० औ अधिबेशनबाट अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

कुल खसेकाे ८ सय ९५ मतमा ४ सय ५६ मत ल्यायर विजयी भए । अध्यक्षका अर्का दावेदार दामोदर बैरागि ४ सय ७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा तेजनारायण अधिकारी ४ सय २१ मत ल्यायर विजयी भए । अर्की प्रतिस्पर्धी प्रभा कोइरालाले ४ सय १३ मत ल्याईन् ।

यस्तै सचिवमा बिष्णु  केसीलाई हराउँदै बैनबहादुर क्षेत्री विजयी भए । क्षेत्रीले ४ सय ७५ मत ल्याउदा ३ सय ६४ मत ल्याय ।

यसैगरी उप सचिवमा दर्शन लामा (५४० मत )र नवराज ओझा (४४३ मत )विजयी भए ।

उपसचिवका प्रतिस्पर्धी ईमानराज पौडेल ३ सय ५५
मत र मन्बुजा बिश्वकर्माले २ सय ३७ मत ल्याएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्