एमसीसीकाे सम्झाैता विरुद्व बुधवार नेपाल बन्द

  • ख-
  • ख+

पाेखरा । ६ राजनीतिक दलले फागुन चार गते बुधवार नेपाल बन्दकाे आयाेजना गरेका छन् । एमसीसीकाे सम्झाैता विरुद्व नेपाल बन्दकाे आयाेजना गर्नुपरेकाे बन्द आयाेजकले जनाएका छन् ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी, नेकपा  क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्तिक माेर्चा नेपाल,नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, र नेपाल माओवादी केन्द्र समाजवादी रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इन्चार्ज गाेकुल पराजुलीले एमसीसी नेपालकाे हितमा नभएकाे र राष्ट्रघाती भएकाले संसदबाट पास हुन नदिनकाे लागि विराेध स्वरुप नेपाल बन्दकाे आयाेजना गर्नुपरेेकाे बताए ।

नेपाल बन्दमा कुनै पनि कार्यालय, विद्यालय संघ संस्था,व्यापार व्यवसाय तथा अफिसहरु सञ्चालन गर्न नदिईने उनले जानकारी दिए ।

उनले अत्यावश्यक कामकाे लागि प्रयाेग गरिने सवारी साधन एम्वुलेन्स, दमकल, दूध वाेक्ने गाडी, पानी बाेक्ने गाडी,विवाहका गाडी सञ्चालन  गर्न दिईने बताए ।

उनले एमसीसीकाे विराेधमा आयाेजना गरिएकाे नेपाल बन्द सफल बनाउन सबैले सहयाेग गर्न अपिल समेत गरेेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्