संसदबाट एमसीसी पास गर्ने षडयन्त्रकाे विरुद्व साेमवार नेपाल बन्द (विज्ञप्तिसहित)

  • ख-
  • ख+

पाेखरा । ६ कम्युनिष्ट पार्टी र २ माेर्चाले भाेलि साेमबार नेपाल बन्दकाे घाेषणा गरेका छन्  ।

देउवा सरकारले राष्ट्रको हितविपरित एमसीसीलाई रातारात पारित गर्ने षडयन्त्र गरिरहेकाे भन्दै यसैकाे विरुद्व नेपाल बन्दकाे घाेषणा गरेकाे बन्द आयाेजकले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीका कास्की जिल्ला इन्चार्ज गाेकुल पराजुलीले एमसीसी नेपालकाे हितमा नभएकाे र राष्ट्रघाती भएकाले संसदबाट कुनै हालतमा पास हुन नदिनकाे लागि विराेध स्वरुप नेपाल बन्दकाे आयाेजना गर्नुपरेकाे बताए ।

नेपाल बन्दमा कुनै पनि कार्यालय, विद्यालय संघ संस्था,व्यापार व्यवसाय तथा अफिसहरु सञ्चालन गर्न नदिईने उनले जानकारी दिए ।

उनले अत्यावश्यक कामकाे लागि प्रयाेग गरिने सवारी साधन एम्वुलेन्स, दमकल, दूध वाेक्ने गाडी, पानी बाेक्ने गाडी,विवाहका गाडी सञ्चालन  गर्न दिईने बताए ।

उनले एमसीसीकाे विराेधमा आयाेजना गरिएकाे नेपाल बन्द सफल बनाउन सबैले सहयाेग गर्न अपिल समेत गरेेका छन् ।

बन्द आयाेजना गर्ने पार्टीहरु विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी(मसाल),नेकपा  क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमाेर्चा, देशभक्त जनगणतान्तिक माेर्चा, नेपाल,नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, र नेपाल माओवादी केन्द्र समाजवादी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्