१७ औं संस्करण लेखनाथ महोत्सवको आज उद्घाटन हुँदै

सिटी पोखरा
  • ख-
  • ख+

पाेखरा ।
लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा संचालन हुने १७ औं संस्करणको लेखनाथ महोत्सव २०७८ को विहिबार उद्घाटन हुँदैछ ।

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सव लेखनाथको संस्कृती, स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका गरी तीन सय स्टल राखिएको छ ।

प्रदर्शनी एवं विक्रीका लागि स्टलमा व्यवसायीहरुले सामान राख्ने काम सकिएको बताउँदै अध्यक्ष आत्रेयले महोत्सवको उद्घाटनको प्रतिक्षामा रहेको उल्लेख गरे ।

खाद्यान्न, फेन्सी, अटो, सुचना प्रविधि, स्थानीय उत्पादनका कृषिजन्य सामाग्री र हस्तकला लगायतका सामाग्रीहरु प्रदर्शनीमा राखिएको प्रचार प्रसार उपसमितिका संयोजक एवं लेखनाथ उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले बताए ।

बालबालिकाका लागि बालउद्यान, युवा पुस्ताका लागि पप तथा डिस्को जक्की, लोकदोहोरी, महिलाहरुको रत्यौली गीत प्रतियोगिताका साथ पहिलो दिन विभिन्न आमा तथा महिला समूह र जनजातीको झयाँकी र्याली समेत समेटिएको संघका उपमहासचिव जानुका पराजुली अधिकारीले बताईन ।

कोरोनाबाट थलिएको लेखनाथ क्षेत्रको अर्थतन्त्रलाई चलायामान बनाउन महोत्सवले टेवा पुग्ने संघका अध्यक्ष आत्रेयले बताए ।

मौसमको प्रतिकुलता र कोभिड उच्च जोखिमलाई समेत मध्यनजर गर्दै उच्च सर्तकता अपनाईएको अध्यक्ष आत्रेयले जानकारी दिए ।
महोत्सव झण्डै तीन लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोडको कारोबार हुने संघको अपेक्षा रहेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्