केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक सम्पन्न

  • ख-
  • ख+

पाेखरा । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न भएकाे छ ।

बैठकले कास्कीका ५ वटा पालिका र समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको छ । जिल्ला स्थित ५ वटा पालिका र ७२ वटा वडामा पनि चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरि आवश्यक गृहकार्य गर्ने निर्णय गरेको आसन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुखको आकांक्षी समेत रहेका कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।

यसै गरि गठबन्धनमा रहेका दलहरुबिच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरि आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडी बढ्ने निर्णय गरियो ।

यसका साथै आसन्न निर्वाचनमा जिल्ला , पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरि १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरियो।

बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल एवं सदस्यहरु गंगाधर पराजुली र बाबुराम गिरी , माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुडं र विश्व प्रकाश लामिछाने , नेकपा एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष धनराज आचार्य सहित होम नेपाली र झपिन्द्र रेग्मी , राजमोको तर्फबाट अध्यक्ष रविमोहन ढकाल , संघीय समाजवादीको तर्फबाट अध्यक्ष गिरी प्रसाद गुरुडं र नारायण भण्डारी सहित सहभागी हुनुहुन्थ्यो ।

केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशिल राजनीतिक दलका नेतृत्वको संयुक्त बैठक सम्पन्न

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्