तेस्राे पातिखाेला महाेत्सव चैत्र २५ गतेदेखि

  • ख-
  • ख+

पाेखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने पातिखोलामा यही चैत्र २५ देखि २७ गतेसम्म तेस्रो पातिखोला महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७८ हुने भएको छ । तीन दिनसम्म संचालन हुने सो महोत्सव पातिखोला गुफा संरक्षण समितिले आयोजना गर्ने भएको हो । समुद्र सतहबाट ११०० मिटर उचाइमा रहेको मर्दीखोलास्थित पातिखोला गुप्तकालिका एक अलौकिक र परिचित गुफा रहेको छ ।

तर हाल गाउँमा रहेका स्थानीय बासिन्दाहरु सो गाउँ छोडी बजारतर्फ आकर्षित भएको हुनाले सो गुफाको मौलिकतालाई संरक्षण गर्नको लागि पुन एकपटक सोही स्थानमा पातिखोला गुप्तकालिका गुफाको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउनको लागि सो महोत्सव आयोजना गर्न लागिएको हो ।

यस महोत्सवमार्फत पातिखोला र वरिपरिका गाउँमा उत्पादन हुने ग्रामीण स्तरका हस्तकलाका सामाग्री, माछापुच्छ्रे गाउँपालिकाको लागि अति आवश्यक फलामका सामग्रीहरु तथा खाद्य सामाग्रीको प्रचार–प्रसार गरिने भएको छ ।

महोत्सवमा नेपालको राष्ट्रिय खेल भलिबल र भलिबल खेलाडीलाई ग्रामीण स्तरबाट नै परिपक्क बनाउँदै लैजाने उद्देश्यले पालिकास्तरीय भलिबल प्रतियोगितासंगै नेपालमै ख्यातिप्राप्त ऐतिहासिक खुल्ला छेलो प्रतियोगिताको साथै रस्साकस्सी प्रतियोगिता पनि हुने महोत्सव मुल आयोजक समितिका संयोजक डम्बरसिंह गु्रुङ्गले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।

भलिबलतर्फ उपाधि विजेता टिमले नगर रु १ लाख ११ हजार १ सय ११ प्राप्त गर्ने भएको छ भने उप–विजेता टिमले नगद रु ५५ हजार ५ सय ५५ प्राप्ते गर्ने भएको छ । त्यस्तै सोहि प्रतियोगितामा उत्कृष्ट हुने एक खेलाडीले नगद रु १० हजार प्राप्त गर्ने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट पाँच विधातर्फ वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सेटर र वेष्ट सर्भरले जनही नगद रु ५ हजार प्राप्त गर्ने भएका छन् ।

यस्तै सो महोत्सवमा हुने छेलो र रस्साकस्सी प्रतियोगिताका विजेता एंव उप–विजेता खेलाडीलाई नगद पुरस्कारको समेत व्यवस्था रहेको आयोजकले जनाएको छ ।

पोखराको टुँडिखेल, बगरबाट १२ किलोमिटर उत्तर पश्चिमतर्फ करिब आधा घण्टाको यात्रामा सहजै पुग्न गुप्तकालिका गुफामा करिब ४० प्रजातिका चमेरा पनि रहेको संयोजक गुरुङ्गले जानकारी दिएका छन् ।

विभिन्न देवी देवताका मुत्तीहरु समेत रहेको गुफाको संरक्षणका लागि गण्डकी प्रदेश सरकारले सहयोग गरेको पनि उनले बताएका छन् । त्यस्तै सो गुफाका बारेमा धेरै किवदन्तीहरु प्नि रहेको महोत्सवकी कोषाध्यक्ष माया गुरुङ्गले जानकारी दिएकी छन् ।

सो महोत्सव उद्घाटनका दिन काठ्माण्डौंबाट लोक दोहोरीको क्षेत्रमा ख्यातिप्राप्त इन्द्रेणी कार्यक्रमको टिमसहित राष्ट्रिय लोक तथा दोहोरी कलाकारहरुद्धारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुने पनि आयोजकले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्