गठबन्धन विरुद्व एमालेलाई जिताउन पाेखरा २५ का मतदाता जागरुक

  • ख-
  • ख+

पाेखरा । पाेखरा २५ का मतदाताहरु अहिलेकाे गठबन्धनलाई हराउन लागि परेेका छन् ।

पाँच वर्षसम्म एमालेका जनप्रतिबाट भए गरेका काममा सन्तुष्ट २५ का बासिन्दाहरु फेरि पनि एमालेकै नेतृत्व हाेस भन्ने चाहान्छन् ।

आसन्न ३० गते हुने स्थानिय निर्वाचन लक्षित घरदैलाे कार्यक्रममा पाेखरा २५ का मतदाताहरु एमालेका उम्मेद्वार प्रति उत्साहित भएकाे प्रतिकृया दिएका हुन् ।

आज हेमजाकाे गाैरीशंकर माविकाे सेरेाफेराे चण्ड्यान, गैरी,माईकाेस्थान एरिया हुँदै चापाघाँट स्थानमा घरदैलाेमा कार्यक्रम भएकाे हाे ।

एमालेका हरेक टाेल कमिटीले हरेक मतदातालाई सुसूचित गरेका कारण पनि एमाले उम्मेदवारहरुप्रति मतदाता आकर्षित भएका हुन् ।

आगामी ५ वर्षभित्र गर्नुपर्ने वडाका प्रत्येक टाेलमा छनाेटमा परेका विकासका कामहरु पूरा गरेरै छाेड्ने एमाले उम्मेदवारले प्रतिवद्वता जनाएका छन् ।

अहिलेसम्म वडा नम्वर २५ मा एमालेले उम्मेदवारले फेदी घट्टेखाेला, सुईखेताफाँट, एरिया, कालिकाचाेक, म्याग्दिचाेक, चाक्लेकुला, मिलनचाेक,बाँस्ताेलाथर, पाैडेलथर, मसिनाबगर याम्दि लगायतका स्थानमा घरदैलाे गरिसकेका छन् ।

याे पटक एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पाेख्रेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्मा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्