एमाले माछापुच्छ्रेकाे चुनावी सभामा जगतले भने:”याे चुनावमा एमाले पहिलाे पार्टी हुन्छ”

  • ख-
  • ख+


पाेेखरा,१८ वैशाख । नेकपा एमाले माछापुच्छ्रे गाउँपालिकाले चुनावी आमसभा गरेकाे छ ।

आमसभालाई सम्वाेधन गर्दै नेकपा एमाले केन्द्रीय पोलिटव्युराे सदस्य जगतबहादुर विश्वकर्माले याे चुनावमा एमाले पहिलाे पार्टी हुने बताएका हुन् । उनले एमालेले जनताकाे विश्वास जितेकाे हुनाले गठबन्धनलाई मतदातालाई भ्रममा नपार्न आग्रह गरे ।
गाउँपालिकाका अध्यक्ष  कर्णबहादुर गुरुङले विकास र निर्माणलाई दिगो बनाउनको लागि नेकपा एमालेलाई जिताउन सूर्य चिन्हमा मतदान गर्न अनुराेध गरे ।

गाउँपालिका अध्यक्ष पदका उमेदवार विक्रम गुरुङले समग्र पालिकाको शिक्षा , स्वास्थ ,पुर्वाधारसहितकाे विकासका लागि नेकपा एमाले सधैं जनताकाे साथमा रहने हुनाले एमालेलाई जिताउन अनुराेध गरे।

उपाध्यक्ष पदका उमेदवार  सीता तिवारी अधिकारीले शिक्षा ,स्वास्थ , न्याय र रोजगारलाई समेटी काम गर्ने बताईन् ।

काेलचाेकमा गरिएकाे बृहत आमसभाअघि भुर्जुङखोलामा घरदैलाे गरिएकाे थियाे भने आमसभापछि
घलेखर्क,खैमराङ,मेप्राङ ,च्याङलुङ ,चौर हुँदै करुवामा घरदैलाे गरिएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्