एमाले माछापुच्छ्रे गाउँपालिकाको चुनावी प्रचार प्रसार कार्यक्रम तिव्र

  • ख-
  • ख+

पोखरा ।

माछापुच्छ्रे गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रचारप्रसार तिव्र पारेको छ ।

पालिका कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख ऋषि गौतमले दिएको जानकारी अनुसार स्थानिय तह निर्वाचन आउन केही दिन मात्र बाँकी रहदा घरदैलो लगायत चुनावी प्रचारप्रसार कार्यक्रमलाई तिव्रता दिईएको हो ।

यसै कार्यक्रम अन्तर्गत आज माछापुच्छ्रे गाउँपालिका वडा २ का भराबरी, काभ्रे, माछापुच्छ्रे वडा न १ का करुवा, मिर्सा,रुम्जा, सरिपाखा, टुसेमा घर दैलो कार्यक्रम सम्पन्न भएको छ ।

घरदैलो कार्यक्रममा त्यहाँका स्थानियले एमाले उम्मेदवारलाई जितको लागि ढुक्क हुन आग्रह गरेको गौतमले जानकारी दिए ।

ूअहिले गठबन्धनले महिलालाई उपेक्षा गरेको छ । एमालेले महिलालाई समेटेको छ, त्यसैले सूर्यमै भोट दिने पक्का छ ।ूएक स्थानिय महिलाले भनिन् ।

पालिकाका अध्यक्ष पदका उम्मेद्वार विक्रम गुरुङ र उपाध्यक्ष पदका उम्मेद्वार सीता तिवारी अधिकारीले वडाका आवश्यकतालाई मध्यनजर गर्दै पूर्वाधार विकासमा जोड प्रतिवद्वता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्