एमाले नेता प्यासीले भने, ‘५ दल लाग्दा पनि एमालेसँग सातो उडेको छ’

  • ख-
  • ख+

पोखरा ।

नेकपा एमालेका नेता सोमनाथ अधिकारी प्यासीले गठबन्धन भनेर लागेका ५ दलको सातो उडेको बताएका छन् । उनले एमालेलाई जनताले दिएको साथ देखेर ५ दल आत्तिएर सातो उडेको बताए ।

आसन्न स्थानीय तह निर्वाचन केन्द्रित पोखरा २५ हेम्जाको मिलनचोकमा भएको एमालेको कोणसभामा प्यासीले जनताको पार्टी एमाले भएको बताउँदै पार्टी फुटाउने, जनतालाई धोका दिने बेइमानीले जनताको साथ नपाउने ठोकुवा गरे ।

उनले नेकपा एमाले एक्लैले गठबन्धनसँग फेस गर्न र च्यालेन्स गर्न तयार भएको उल्लेख गरेका छन् । विचारको राजनीति, इमानको राजनीति गर्ने नेकपा एमालेले हार्न पर्ने कुनै कारण नभएको बताउँदै प्यासीले यो चुनावमा गठबन्धनको अगाडि एमाले पहिलो पार्टी हुने स्पष्ट पारे ।

उनले नेकपा एमाले जनताको सम्मान गर्ने सबैको सारथी भएको बताए । प्यासीले जनताको सारथी एमाले पार्टीलाई सचेत जनताले जनताको स्वाभिमान , समाजवाद उन्मुख राष्ट्र निर्माणको लागि सुर्य चिन्हमा भोट दिनेमा आफू विश्वस्त भएको बताए ।

पोखरा महानगरपालिकाका नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण थापाले वडाको टिमले जारी गरेको घोषणापत्रमा उल्लेखित कामको लागि पूर्ण सहयोग र समर्थन गर्ने प्रतिवद्वता जनाए, साथै पार्टीको घोषणापत्र अनुसार काम गर्ने अठोट गरे ।

थापाले आफूले कहिल्यै पनि नेकपा एमालेको नीति, सिद्वान्त र विचार, उद्देश्य, गरिमा र विरासतमा आँच आउन नदिने प्रतिवद्वता जनाएका छन् । उम्मेद्वार थापाले हेमजादेखि पाेखरासम्म सिटीबसकाे व्यवस्था गर्ने काम सम्भव भएसम्म चुनाव अघि नै चल्ने व्यवस्था गर्ने वचन दिए ।

उनले वडा नं २५ को सुइखेत आसपासमा तटबन्धन गर्ने योजना, ढलको समस्या समाधान गर्ने लगायतका कार्यमा कुनै कसुर बाँकी नराख्ने बताए । उनले भने, ‘जनताले चाहेको विकास हामी हाम्रो पालामा गरेर देखाउँछौं । जसको लागि सम्पुर्ण एमाले उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन अनुरोध गर्दछु ।’

उमेद्वार थापाले ‘रुख नहेर्नु, मुख हेर्नु’ भन्ने गणेशमानको उक्तिलाई सम्झिदै रुख हैन, मुख हेरेर एमाले उमेद्वारलाई सूर्य चिन्हमा भोट दिन काँग्रेस कार्यकर्तालाई समेत आग्रह गरे  ।

पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जनताको सेवा गरेर स्थापित हुने अवसर प्रदान गर्न सूर्य चिन्हमा मतदान गरि नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । उनले चुनावपछि युवा तथा महिला लक्षित कार्यक्रम, स्वरोजगार कार्यक्रमलाई प्रमुख प्राथामिकता दिइने बताए ।

वडा नम्वर २५ का वडाध्यक्ष प्रत्यासी तीर्थबहादुर थापाले आफू सधैं वडाको विकासमा लाग्ने प्रतिवद्वता जाहेर गरे । उनले घोषणापत्रमा उल्लेख गरिएका घोषणा पूरा गर्ने स्पष्ट पारेका छन् ।

सभामा प्रदेश कमिटी सदस्य प्रजापति पराजुली, पार्वती जिसी लगायतको टिमले सांस्कृतिक कार्यक्रममार्फत् सबैलाई छमछमी नचाएका थिए ।

वडा कमिटी सचिव देवीप्रसाद अधिकारीले सञ्चालन गरेकाे कार्यक्रमकाे समापन वडा कमिटी अध्यक्ष ऋषि पाैडेलले गरेका थिए ।

कोणसभा अघि वडा नं २५ को याम्दीबाट मिलनचोकसम्म मोटरसाइकल ¥याली गरिएको थियो भने, सभापछि मेयरका उमेद्वारसहित घट्टेखोलासम्म मोटरसाइकल ¥याली गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्