माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा

  • ख-
  • ख+

युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक छ माल्टा । जहाँ रोजगारीका लागि आएका नेपालीहरु अहिले अलपत्र परेका छन्। म्यानपावर वा व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत १२ लाख रुपैयाँसम्म तिरेर माल्टा आएका नेपालीहरु काम नपाएपछि समस्यामा परेका हुन्।

पाँच महिनाअघि माल्टा आइपुगेका गोर्खाका रामप्रसाद बगालेले आफू बिचल्लीमा परेको बताए। अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने, ‘खाएर बसेर ८० हजार रुपैयाँ महिनामा बचत हुने प्रलोभनमा पारेर ल्याउनुभयो। रहरले विदेशिएको होइन, घरको आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि ऋण गरेर विदेशिएका हौं। एजेन्टहरुले अलपत्र अवस्थामा पारिदिए ।’

खान बस्नमा समस्या भएको भन्दै  एजेन्टहरुलाई हारगुहारगर्दा पनि सहयोग नपाएको गुनासो बगालेले पोखे, ‘कोरानाले गर्दा काम पनि पाइएको छैन, धेरैथोरै सहयोग गरिदिनुपर्‍यो भन्दा पनि कुनै मतलव गर्दैनन्।’

गुल्मी तम्घासकी अनिता गौतमको भोगाइ पनि उस्तै छ। उनले सुनाइन्, ‘आश्वासनमा परेर माल्टामा आइयो। तर, यहाँ खान बस्नका लागि नेपालबाट नै रकम झिकाउनुपर्ने बाध्यता छ।’

पाँच महिनादेखि घरबाटै पैसा मगाएर आफू चलिरहेको उनले सुनाइन्।

गौतमले भनिन्, ‘जसले हामीलाई सहयोग गर्छ भनेर सोचिरहेका हुन्छौं, उहाँहरुबाट नै धोका पाएका छौँ। यसरी ल्याउने काम एनआरएनए माल्टाका कार्यसमिति भित्रैबाटै भएको छ। समितिभित्र कति हुनुहुन्छ र बाहिरी कति हुनुहुन्छ, मलाई यकिन थाहा छैन। तर, यसरी मान्छे ल्याउने काम गर्नुभएको छ।’

अनलाइनखबरले माल्टामा रहेका नेपालीहरुसँग भर्चुअल लाईभ बहस गर्दा एनआरएनए माल्टाका पदाधिकारीहरु पनि सहभागी थिए। गौतमले भनिन्,’जिम्मेबारी त निभाउनुपर्छ नि, समस्या के छ भनेर बुझ्नुपर्यो नि। विदेशमा लाखौँ खर्च गरेको आएका छौं। मान्छेहरु डिप्रेसनमा जाने, सुसाइटका घटना यिनै कारणले घटेका हुन्।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्