वैवाहिक वर्षगाँठकाे अवसरमा शहिद स्मृति आवासीय मा.वि.मा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • ख-
  • ख+

पाेखरा । पोखरा १३ मियापाटनमा रहेकाे अन्नपूर्ण क्लिनिकल प्रालि, नमस्ते फार्मेसिया आयोजनाले पोखरा १४ मझेरीपाटनमा रहेकाे श्री शहिद स्मृति आवासीय माध्यमिक विद्यालयलाई स्वास्थ्य सामाग्री तथा विविध सामाग्री हस्तान्तरण गरेकाे छ ।

फार्मेसियाका सञ्चालकद्वय सञ्चालक मणि न्याैपाने र संगिता बरालले आठाैं वैवाहिक वर्षगाँठकाे अवसर पारेर युराेगार्ड (३५ हजार रुपैयाँ), सेनिटरी प्याड (१३ हजार ५ सय रुपैयाँ) र प्राथमिक उपचार सामाग्री (१० हजार रुपैयाँ) काे सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय मधु गुरूङ अधिकारीले विद्यालयका प्रधानाध्यापक कल्पना चिलुवाललाई सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्