स्टार डायग्नाेष्टिक सेन्टरमा पाठेघरकाे क्यान्सरसम्वन्धी सचेतना कार्यक्रम

  • ख-
  • ख+

पाेखरा । स्टार डायग्नाेष्टिक सेन्टर प्रा.लि.ले प्रथम स्थापना दिवसकाे अवसरमा पाठेघरकाे क्यान्सरसम्वन्धी परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरेकाे छ ।

गण्डकी हस्पिटलका प्रयाेगशाला प्रमुख डा लक्ष्मण बास्ताेलाले परामर्श दिएका थिए ।
उनले राेग लाग्नुभन्दा पहिल्यै कसरी सचेत हुने साथै राेग लागिहाले पनि यसकाे लक्षण, समस्या तथा समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

परामर्श तथा सचेतना कार्यक्रममा रामघाट आमा समूहका महिलाहरु लगायत अन्य महिलाहरु गरि करिव एक सय जनाकाे सहभागिता रहेकाे थियाे ।

यसअघि आैपचारिक कार्यक्रमकाे उद्घाटन गर्दै
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले सामाजिक उत्तरदायित्व वहन गर्न गरिएका संस्थाका यस्ता खालका कार्यक्रमले स्वास्थ्यका लागि ठुलाे सहयाेग पुर्याउने विश्वास व्यक्त गरिन् ।

उनले आम जनसमुदायकाे स्वास्थ्यसँग जाेडिएकाे संवेदनशिल विषयलाई संस्थाले ध्यान दिई संस्थाकाे सेवामा गुणस्तरीयता हुनुपर्नेमा जाेड दिईन् ।

स्वास्थ्य क्षेत्रमा राज्यकाे मात्र मुख नताकीकन निजी स्तरबाट गरिएका लगानीले पनि आम जनसमूदायकाे स्वास्थ्य सेवामा ठुलाे याेगदान पुग्ने उल्लेख गरिन् ।

रामघाट आमा समूहका अध्यक्ष दुर्गा के.सी.ले महिलाकाे लागि आवश्यक पर्ने सचेतना कार्यक्रम भएकाेले उपयाेगी भएकाे बताईन् ।

स्टार डायग्नाेष्टिक सेन्टर प्रा.लि.सल्लाहाकार प्रा.डा.विष्णुराज तिवारीले महिलामा हुने पाठेघरकाे क्यासन्सरबाट कसरी बच्ने, लगायत महिला लक्षित कार्यक्रम भएकाेले सचेतना कार्यक्रम प्रभावकारी भएकाे बताए ।

संस्थाका सञ्चालक सदस्य महेन्द्र के.सी.ले आफूहरु गुणस्तरिय सेवामा तल्लिन रहने प्रतिवद्वता जनाए ।

स्टार डायग्नाेष्टिक सेन्टरले प्रथम स्थापना दिवसकाे अवसरमा साउन महिनाभरि सुगरकाे नि:शुल्क परिक्षण, थाईराइड, भिटामिन डि र भिटामिन B12 मा पचास प्रतिशत छुट साथै प्रयाेगशालामा सम्वन्धी अन्य परीक्षणमा ४० प्रतिशत छुट हुने संस्थाले जनाएकाे छ ।

दुई कराेडकाे लगानीमा सञ्चालनमा आएकाे संस्थाले एक वर्षकाे अवधिमा करिव १५ हजार जनालाई सेवा प्रदान गरेकाे छ भने १० वटा स्वास्थ्यसम्वन्धी क्याम्पियन समेत गरेकाे छ ।

स्टार डायग्नाेष्टिक सेन्टर प्रा.लि.का अध्यक्ष अर्जुन ज्ञवालीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत प्रयाेगशाला इन्चार्ज तथा संस्थाका सञ्चालक समितिका सदस्य सुनिता लम्साल र सञ्चालन सेयर सदस्य नेत्र ढकालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्