कर वृद्धि तत्काल फिर्ता गर्न नेपाली कांग्रेसद्वारा गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण

  • ख-
  • ख+

पोखरा ।

गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७९/०८० लाई लक्षित गरि बढाइएको कर बृद्धि तत्काल खारेज गर्नको लागि नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समितिको वैठकलबाट आज प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेस जनताको दुःखमा साथ दिने पार्टी भएकोले जनताका समस्यालाई समाधान गर्नुको साटो जनतालाई नै सास्ती दिने तरिकाले गरिएको निर्णयलाई तुरुन्त बदर गरि गत वर्षको करलाई यथावत गर्नको लागि ध्यानाकर्षण गराइएको पार्टी प्रवक्ता माधव प्रसाद बाँस्तोला (मधु) ले जानकारी गराए ।

गण्डकी प्रदेश सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावना अनुरुप काम गर्नको लागि पठाइए पनि केही व्यक्तिवादी सोंचका साथ मनगणन्ते भावमा प्रस्तुत बन्न जाँदा जनताका इच्छा अपेक्षालाई कुल्चने प्रयास देखिएको हुँदा उक्त जनभावना विपरितका निर्णयहरु तत्काल संसोधन गरि कर बृद्धिलाई रोक्नको लागि अनुरोध गरेको उनले बताए ।

गण्डकी प्रदेश सरकारको आ.व. २०७९/०८० को बजेटमा यातायात तथा भुमी सम्बन्धी कर, अघिल्लो वर्षको तुलनामा अनपेक्षित रुपमा बढेको भनी आम नागरिकबाट आएको गुनासो प्रति नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र प्रजातन्त्रको सुन्दर पक्ष भनेको नै जनताका भावनाको सम्मान गर्ने भएकोले कर बृद्धि सम्बन्धी के भएको हो स्पष्ट पार्दै आम नागरिकको चाहाना अनुरुप कर बृद्धि भएको भए सो लाई फिर्ता गरी यथावत राख्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरियो भनि विज्ञप्तीमा उल्लेख गरीएको छ ।

साथै, वैठकमा नेपाल सरकारले आउने मंसीर ४ गते एकैदिन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी गरेको घोषणा प्रति नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति हार्दिक स्वागत गर्दैैै निर्वाचन घोषणा भएको यस अवस्थामा आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चितता गराउनको लागि उच्च मनोवलका साथ जनताको विचमा जान पार्टीका सबै तहका साथीहरुलाई आह्वान गर्ने निर्णय गरेको जनाइएको छ भने आगामी निर्वाचनलाई मध्यनजर गर्दै गण्डकी प्रदेश भित्रका सबै क्षेत्र, प्रदेश क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन गर्नको लागि गण्डकी प्रदेश कार्यसमितिको तर्फबाट यथासक्य चाँडो सबै प्रदेश क्षेत्रीय कार्यसमितिमा प्रतिनिधि खटाउने जानकारी गराइएको बताइएको छ ।

पार्टी संगठनको महत्वपूर्ण पक्ष मध्ये भातृ संघ÷संस्था परिचालन पनि भएको र संघीयता कार्यान्वयन पछि गण्डकी प्रदेशमा, प्रदेश स्तरीय भातृ संघ÷संस्था नभएको हुँदा आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रदेश स्तरीय भातृ तथा शुभेच्छुक संस्था गठन गर्न वा गठन गर्नको लागि नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिलाई अधिकार प्रत्योजन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरेको गण्डकी प्रदेश प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्