एकिकृत समाजवादी कास्की क्षेत्र नम्वर २ मा उमेदवार सिफारिस

  • ख-
  • ख+

पाेखरा । एकिकृत समाजवादी कास्की क्षेत्र नम्वर २ ले आसन्न निर्वाचनका लागी उमेदवारहरुको सिफारिस गरेको छ । पार्टिको शनिवार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले प्रतिनिधि सभा तर्फ तुल बहादुर गुरुङ, मदन आचार्य, शिवजी गुरुङ, भरत बस्नेत, दाताराम आचार्य र शर्मीला पौडेलको नाम सिफारीस गरेको छ ।

त्यसैगरी प्रदेशसभा २ ´क` को लागी खडग हमाल, झपिन्द्र रेग्मी, प्रेम थापा, शिवराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल , रामचन्द्र पौडेल, मोतीराम बराल र लेखराज भण्डारीको नाम पठाएको छ ।

त्यस्तै प्रदेशसभा २ ´ख` मा रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, दामोदर शर्मा, कृष्ण पराजुली, देबेन्द्र बास्तोला, सुशिल बस्नेत, रबिन्द्रराज पौडेल, वुद्दी रानाभाटको नाम सिफारीस गरीएको नेकपा एस पोखरा नगरकमिटीका सचिव सुशिल बस्नेतले जानकारी दिए ।

नेकपा एस कास्की क्षेत्र नं २ का संयोजक देबेन्द्र बास्तोलाको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका सह इञ्चार्ज तुलवहादुर गुरुङ, कास्की जिल्लाका कार्यबाहक अध्यक्ष खडग हमाल , लगायतले बाेलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्