चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना, समस्यामा परे वा जानकारीका लागि १०० वा १०३ फाेन गर्न सकिने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम / पोखरा । नजिकै गरेका नेपालीहरुका महान चाडपर्वलाई लक्षित गरि पोखराको पृथ्वीचोक र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वहरुको अबसरमा विशेष गरि पोखराबाट बाहिर र अन्यत्र स्थानबाट पोखरा केन्द्रित भई आवत/जवात गर्ने सम्पूर्ण यात्रु तथा सर्व-साधारणहरुलाई लक्षित गरि शुक्रवारदेखि सहायता कक्ष स्थापना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक बहादुर के.सी.ले चाडपर्वमा सबैले आफ्नो घर जान हतार गर्ने हुदा सिट क्षमता भन्दा बढी यात्रु यात्रा गरिरहने बताउँदै त्यसो गर्दा दुर्घटना हुनसक्ने र मानवीय क्षती हुन सक्ने कुरा ध्यानमा राखि सबैलाई सुरक्षित यात्रा गर्न अनुरोध गरे ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडा कास्कीका कार्यालय प्रमुख प्रहरी उपरिक्षक गोबिन्द अधिकारीले यात्रुहरुमा यात्रा गर्ने क्रममा यात्रा प्रदायक सवारीसाधनबाट पर्ने समस्या जस्तै तोकेको भन्दा बढी भाडा, सिट क्षमता भन्दा बढी यात्रु चढाउने लगायतका कार्यको निगरानी गर्न बस संचालक समितीलाई र सम्बन्धित टिकट काउन्टरबाट, अनुमती प्राप्त स्थान र ब्यक्तिसँग मात्र टिकट किन्न यात्रुलाई अनुरोध गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्बीचोक स्थित पोखरा बसपार्क र पोखरा महानगरपालिका वडा नम्बर २ स्थित बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष (Passenger Help Desk) स्थापना गरिएको छ।

यात्रा गर्ने क्रममा कुनै समस्या भएमा, कुनै गुनासो भएमा वा कुनै जानकारी लिनको लागी नजिकै रहेको यात्रु सहायता कक्ष वा १०० वा १०३ मा सिधै सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्