निर्वाचन सम्वन्धी गण्डकी प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

गणेश रामदाम/पाेखरा ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा आइतबार पोखरामा गण्डकी प्रदेश स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम गरेको छ ।

निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने? मिडियाकाे भुमिका के रहन्छ ? साथै निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराउन आयोगले मिडिया अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सफल निर्वाचनको लागि आम संचारमाध्यमको महत्त्वपूर्ण भुमिका हुने भन्दै जिल्ला स्तरको अनुगमन संयन्त्रदेखि केन्द्र स्तरमा र मतदातालाई सुशुचित गराउने भुमिका संचारमाध्यमको हुने बताए । उनले निर्वाचन आयाेग र सञ्चार माध्यम एक सिक्काका दुई पाटा भएकाे बताउँदै अघिल्ला निर्वाचन जस्तै आगामी निर्वाचनमा पनि सञ्चार माध्यमकाे साथ र सहयाेग हुनेमा आफू विश्वस्त रहेकाे जनाए ।

अभिमुखीकरण कार्यक्रममा सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पाैडेलले निर्वाचन आचारसंहिताकाे विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर के सीले स्थानिय तहकाे निर्वाचन समय निर्वाचन स्वतन्त्र, स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएकाे स्मरण गर्दै मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनलाई पनि स्वच्छ र मर्यादित बनाउन आफ्नो भुमिका निर्वाह गर्न आमसनञ्चार माध्यमहरुलाई आग्रह गरे । निर्वाचनलाई प्रतिकुल हुने कुनै पनि सूचना र समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई उनकाे अनुराेध छ ।

गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालयका सचिव मनमाया पंगेनीले सबै सरोकारवाला पक्षहरूले सामुहिक पहल, अपनत्व र बलले नै निर्वाचन स्वच्छ पारदर्शी र मर्यादित रुपमा सफल हुने बताईन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले स्वच्छ,निष्पक्ष र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न पाेख्रेली मिडियाले कुनै कसर बाँकी नराख्ने उल्लेख गरिन् ।

कार्यक्रममा स्वागत गर्द‌ै प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निस्पक्ष र भयरहित रुपमा सन्चालन गर्न आम सञ्चार माध्यमको पनि भुमिका अपरिहार्य हुने बताउँदै सोही बमोजिमको सूचना प्रवाह गर्न आग्रह गरे । आमसञ्चारमाध्यमले गर्ने रिपोर्टिङले आचारसंहिताको पालना, अनुगमनकर्ताको ध्यानाकर्षण लागायतमा महत्त्वपूर्ण भुमिका हुने प्रमुख पराजुलीले बताए ।                                                                              निर्वाचन आयाेग नेपालले राष्ट्रिय समाचार समितिकाे सहकार्यमा गण्डकी प्रदेश स्तरीय मिडिया अभिमखिकरण कार्यक्रम गरेकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्