लौरो लिएर चुनावी मैदानमा पाईलट मदन केसी भिडियो सहित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाकाे निर्वाचनकाे लागि प्रत्येक्षतर्फ कुल २ हजार ४ सय १२ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। विभिन्न राजनीतिक दलका नेताहरू प्रतिस्पर्धामा रहँदा स्वतन्त्रहरूकाे अभियानबाट सुरू भएकाे हाम्राे नेपाली पार्टीका ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

अहिलेका राजनीतिक दल तथा नेताहरूबाट देशले निकास पाउँदैन भनेर देशभरबाट जुर्मुराएका युवाहरूकाे संगठनका रूपमा उदाएकाे हाम्राे नेपाली पार्टीमार्फत कास्कीका ७ जना युवाले उम्मेदवारी दर्ता गरेका छन्। लामाे समयदेखि नेपाली राजनीतिकाे नेतृत्वमा रहेका बुढा नेताहरूकाे विरूद्ध हाम्राे नेपाली पार्टीमार्फत उम्मेदवारी दिने उनीहरू याेग्य, क्षमतावान र कुनै न कुनै क्षेत्रमा विज्ञता प्राप्त गरेका युवा हुन्।

‘बा-आमालाई टेकाउने, भ्रष्टाचारीलाई सेकाउने’ नारासहित स्वतन्त्रहरूकाे लाैराे अभियानअन्तर्गत उक्त पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरू लामाे समयदेखि राजनीतिमा लागेर पनि देश र जनताकाे उन्नती प्रगति गर्न नसकेका नेताहरूलाई ‘ब्रेक’ लगाएर देश हाँक्न संसदमा छिर्ने याेजनामा छन्।

प्रतिनिध सभा सदस्यका लागि कास्की क्षेत्र नं. १ बाट प्रमाेद आचार्य, कास्की क्षेत्र नं. २ बाट शिरिष गुरूङ, कास्की क्षेत्र नं. ३ बाट विवेककुमार पाैडयलले उम्मेदवारी दिएका छन्।

त्यस्तै कास्की क्षेत्र नं. १ प्रदेश सभा (क)बाट मदनबहादुर केसी, प्रदेश सभा (ख)बाट महेश श्रेष्ठ, कास्की क्षेत्र नं. २ प्रदेश सभा (क)बाट चेतबहादुर महत र कास्की क्षेत्र नं. ३ प्रदेश सभा (क)बाट खिमप्रसाद तिमिल्सिना चुनावी प्रतिस्पर्धामा छन्।

सोच बदलौं परिवर्तन सम्भव छ  – यो भिडियो हेर्नुहोस् :

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्