पोखरा ५ मा एमाले उम्मेदवार दामोदर र राजीवको दलबल सहित घरदैलो

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
कास्की क्षेत्र नम्बर ३ अन्र्तगत वडा नम्वर ५ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो गरेका छन् ।

सो क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र क्षेत्र ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले घरदैलो गर्दा ठूलो संख्यामा कार्यकर्ताहरुले साथ दिएका थिए । वडा नम्बर ५ एमालेको पक्कड क्षेत्र मानिन्छ ।

घरदैलोका क्रममा स्थानियहरुले उम्मेदवारहरुलाई यस वडाका अधिकांंश वडावासी एमालेकै साथमा रहेको बताएका थिए ।
‘विकास र समृद्धिको सारथी एमाले हो, हाम्रो भोट सुर्यमै जान्छ’–वडावासीको प्रतिक्रिया छ ।

घरदैलोका क्रममा पोखरा उद्योग वाणिज्य संघका पूवाध्यक्ष समेत रहेका दामु अधिकारीले यो वडामा विगत लामो समयदेखि एमालेको वर्चश्व रहँदै आएको जनाउँदै त्यो विरासतलाई वडावासीले फेरी पनि कायम गर्ने जनाए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्