जिल्ला कारागार कास्कीका बन्दी महिलाहरुकाे लागि सेनेटरी प्याड वेंल्डिङ मेसिन हस्तान्तरण

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के सी/पाेखरा ।
जाेन्टा क्लव अफ पाेखराद्वारा आयाेजित जाेन्टा इन्टरनेशनलकाे १०३ आैं वार्षिकउत्सवकाे अवसरमा
जिल्ला काराकार कास्कीका बन्दी महिलाहरुकाे लागि सेनेटरी प्याड वेंल्डिङ मेसिन हस्तान्तरण गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीले कास्कीकाे कारागार अन्यकाे तुलनामा व्यवस्थित रहेकाे बताए । उनले बन्दीका महिलाहरुलाई मन सानाे नगरिकन भाेलिका दिनमा राम्राे जीवनयापन गर्ने साेच राख्नु सुझाव दिए । उनले कुनै समस्या परेमा आफ्नाे तर्फबाट भरपुर सहयाेग गर्ने बताए । साथै सहयाेगी संस्था जाेल्टाप्रति आभार व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मानवीय जीवनचक्रमा दुख सुख भईरहने बताउँदै निश्चित समयकाे जेल जीवनपछि बाहिर निस्केर सुन्दर जीवन व्यतित गर्न पाउने भन्दै जेलर महिलालाई कुनै मानसिक तनाव नलिन सुझाव दिईन् । साथै उनले सेनेटरी प्याडकाे फाईदा र उपयाेगकाे विषयमा प्रष्ट पारिन् ।

काेपिला नेपालका विना शिल्वालले बन्दी गृहका महिलालाई भावानात्मक सहयाेग पुर्याउन मनाेविमर्श कार्यक्रममा सहभागी हुन आग्रह गरिन् ।

जिल्ला काराकार कास्कीका कार्यालय प्रशासक भिमराज काेईरालाले महिलाहरुकाे जटिल समस्याकाे रुपमा रहेकाे महिनावारी रहकाे बताउँदै समस्या समाधानमा जाेन्टा क्लवले गरेकाे सहयाेगका लागि धन्यवाद थिए ।

जाेन्टा क्लव अफ पाेखराकाे तर्फबाट अश्विन कार्कीले महिनावारी जटिल संवेदनशिल विषय भएकाे जनाउँदै महिनावारीकाे समयमा महिलालाई दिईने अधिकार कुण्ठित गर्न नहुने बताए ।

कार्यक्रम जाेन्टा क्लव अफ पाेखराका अध्यक्ष माेनिका थापाकाे अध्यक्षतामा भएकाे थियाे ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्