‘पर्यटन प्रवद्र्धन र युवा जनशक्ति परिचालन नै विकासका आधार’-स्वतन्त्र उम्मेदवार कोइराला (अन्तरवार्ता)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पर्यटन प्रवद्र्धन र देशमा भएका युवा जनशक्ति परिचालबाट नै देशको विकास सम्भव छ भन्ने आधार र अठोट लिएर चुनावी मैदानमा होमिएका छन् दुर्गा प्रसाद कोईराला । कास्कीको क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दुर्गा प्रसाद कोईरालाको चुनाव चिन्ह हो ‘पुतली’ ।

कास्की पोखरा–५, प्रस्याङ्ग, घर भएका ६२ वर्षीय कोईराला पेशाले कानुन व्यवसायी हुन् । उनी १८ वर्ष स्थानीय निकायको  सेवा निवृत भएपछि करिव दुइ दशकभन्दा बढि नेपाली काँग्रेसमा सकृय थिए ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कास्की ३ बाट काँग्रेसले कसैलाई उम्मेदवार नउठाएपछि विपीको विचार र सिद्धान्तबाट प्रेरित आफूले स्व:निर्णयले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएको बताउँछन् ।

उनको निर्वाचन क्षेत्र कास्की ३ मा अन्नपूर्ण, माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाको १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ नम्वर वडा पर्छन् ।

यसै सन्दर्भमा रहेर कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार दुर्गा प्रसाद कोईरालासँग सिटीपोखरा डट कमका संवाददाताले गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।

✍🏾प्रतिनिधि सभामा तपाईको उम्मेदवारी किन ?

प्रथमतःम काम विशेष जुन ठाउँमा जान्छु त्यहि ठाउँमा मानिसहरु राजनीतिक दलभन्दा माथि उठेर देशको विकासको लागि निस्वार्थ काम गर्ने स्वतन्त्र व्यक्तिलाई नै भोट दिएर जिताउने हो भन्ने मतादाताको सल्लाहा सुझावले नै मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । यसबाहेक समावेशी प्रजातान्त्रिक मुल्य, मान्यता तथा विधिको शासन सुरक्षणका लागि,प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मन्त्री पद ग्रहण गर्न कम्तीमा स्नातक सम्मको शिक्षा हासिल गरेको हुनुपर्ने नियम प्रावधान हुनुपर्ने र शिक्षा, स्वास्थ्य, पर्यटन विकास तथा युवा स्वरोजगार प्राथमिकतामा राखेर सो सम्बन्धी कार्यक्रम,नीतिहरु ल्याउन र  दलहरुमा रहेको विसंगतीलाई परास्त पार्न मेरो उम्मेदवारी हो ।

✍🏾चलिआएका राजनीतिक दलको विचमा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ, जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । एक त म काँग्रेसको सक्रिय सदस्य हुँ । मेरो निर्वाचन क्षेत्रमा काँग्रेसबाट कसैको उम्मेदवार नभएको हुनाले म उठेको हुँ । तर दलको समर्थन नभएपछि म स्वतन्त्र भए । त्यसैले काँग्रेसमा आस्था राख्ने काँग्रेसी मनहरुले अवश्य भोट दिनुहुन्छ  । अनि अरु दलले जस्तो पुरा गर्ने नसक्ने चुनावी एजेण्डा छैनन् मेरा । जनताका वास्तविक समस्या र आवश्यकता नै मेरा एजेण्डा हुन् । जुन मेरो क्षेत्रका जनताले अवश्य बुझ्नुहुनेछ । भोट दिनुहुन्छ । मलाई मेरो क्षेत्रका मतदाताले राम्ररी बुझेका छन् कि ,म स्वार्थको राजनीति हैन, समाजसेवाको लागि राजनीतिमा होमिएको व्यक्ति हुँ । तसर्थ पनि म अवश्य विजयी हुन्छु भन्नेमा विश्वस्त छु ।

✍🏾मतदातालाई आकर्षिक गर्ने के छन् तपाईका चुनावी एजेण्डा ?

मेरो अरु दलको जस्तो पुरा गर्ने नसकिने ठुला-ठुला योजना छैनन् । म जे बोल्छु, त्यो गर्छु, गर्न सक्ने कुरा मात्र बोल्छु । तसर्थ मेरो पहिलो प्राथमिकता भनेको पर्यटन प्रवद्र्धन र देशमा भएका युवा जनशक्ति परिचालबाट नै देशमै स्वरोजगार सिर्जना गर्नु हो। यसका साथै यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली र खानेपानीको विद्यमान अवस्था कमजोर रहेकाले सोको समाधान गर्ने र त्यसको लागी ‘शिक्षा, स्वास्थ्य, विद्युत र जलको पहुँच हरेक दैलोमा’ नीति ल्याउनेछु । युवाहरुलाई विदेशिनबाट रोक्न विभिन्न सिपमुलक निःशुल्क तालिमहरुको अवसर दिई युवा स्वरोजगारको प्रबर्द्धन गर्ने साथै बाली, बागवानी र पशु विकासका लागि गाउँमा बाँझो रहेको खेत,पाखो,चरिचरनको उपयोगका लागी नयाँ कार्यनीति बनाई नमुना क्षेत्रको विकास गरी अनुकरणीय बनाउने साथै यस क्षेत्र अन्तर्गत पर्ने विभिन्न पदमार्ग होमस्टे, धार्मिक स्थल तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएका स्थलको उन्नति विकास गर्ने सबै अन्तराष्ट्रिय जगतमा चिनाउने योजना रहेको छ ।

निर्दोश नफसुन र दोषी नम्किउन भन्ने विचारलाई मान्यता दिई भ्रष्टाचार लैंगिक हिंसा, बलात्कार जस्ता जघन्य अपराध सम्बन्धी कठोर दण्डको नीति अवलम्वन गर्ने, महिला बालबालिकामा पिछडिएका वर्ग, अल्पसंख्यक समुदाय समुदाय, शारीरिक अशक्तको सर्वाङ्गिण विकासमा सदैव कटिबद्ध रहने मेरो प्रतिवद्धता छ ।

यसका साथै स्वतन्त्रको आवश्यकता, यसकारण हो २०४७ को परिवर्तन सबैको राज्यसत्ताका सारथीहरुले जनताका Felt Need  लाई Address नगरी हचुवाको भरमा असारे र डोजरे विकासमा मात्र ध्यान दिए. अब जनताका Felt Needs  लाई फोकस गरी भौतिक साथै मानविय विकास गर्ने , २०४७ देखिको राज्य सत्ताले समग्र जनतालाई Goods And Services को सहि Delivery  गरेनन्, अब यो काम स्वतन्त्रबाट सुरुवात गरिने, जनतामा Security  र Employment को प्रत्याभूत हुने खालका कार्यहरु गर्ने,  स्वतन्त्रहरु २०७९ मसिरको निर्वाचनबाट झिल्कोको रूपमा उदाएर, यो वर्तमानको विभेदकारी प्रकृती, पात्र र पद्धतीको भण्डाफोर गर्दै परिवर्तको सुरुवातको प्रत्याभूत दिने र देशमा सुशासन तथा विधिको शासन कायम गर्न ,भ्रष्टचारमुक्त समाज निर्माण गर्न ,दोषीलाई कठोर दण्डको नीति अबलम्बन गन र कर्मचारीहरुलाई राजनिति देखी तथष्ट राख्दै जनताको सेवामा समर्पित गराउने मतदातासामु मेरा प्रतिवद्धता रहेका छन् ।

✍🏾तपाईले के एजेण्डा पुरा गर्न सक्नुहोला त ?

अवश्य सक्छु । म पेशाले कानुन व्यवसायी हुँ ।  मेरो झण्डै दुइ दर्जनभन्दा बढि संघसंस्थाहरुमा सकृय सहभागी भएर कहिँ कानुन व्यवसायी त कहि सामाजिक कार्यमा तल्लीन रहेको छु । यो हिसावले हेर्दा मैले स्थानिय तथा मतदाताको मनोभावना राम्ररी बुझेको छु कि मतदाता के चाहान्छन् ? मतदाता ठुला भनिएका राजनीतिक दलका झुटा आवश्वसनबाट आजित भईसके तसर्थ स्थानियका समस्या, विकासका योजना झिनो मसिनो गरी बुझिदिने नेताहरु खेजिरहेका छन् । त्यसैले मैले आफू निर्वाचित भएपछि पुरा गर्न सक्ने एजेण्डा प्रस्तुत गरेको छु । तर ठुला भनिएका राजनीतिक पार्टी झै झुटको खेती गरेर ठुला-ठुला योजनाका कुरा भनेको छैन् । त्यसैले म मैले प्रस्तुत गरेका एजेण्डा पुरा गर्न सक्छु ।

✍🏾चुनावपछि नेता गाउँ फर्किदैनन भन्छन् तपाई पनि त त्यहि त होलानी ?

हो, अहिलेसम्म प्राय नेताहरु चुनावपछि गाउँ फकिदैनन भनेर मलाई घरदैलोमा जादा मतदाताहरुले भन्नुभएको छ । तर, म के भन्ने गरेको छु भने यो पटक पुतली चिन्हमा भोट दिएर जिताउँनुस, म स्वतन्त्र उम्मेदवार गाउँ फर्किएर जनताकै साथमा रहेर काम गर्नेछु भन्ने मेरो विश्वास छ ।

✍🏾अन्त्यमा केहि भन्नु छ ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उम्मेदवार म दुर्गा प्रसाद कोईराला यो क्षेत्रको समग्र विकासको लागि चुनावी मैदान होमिएको छु । तसर्थ मलाई पुतली चिन्हमा छाप लगाई विजयी गराइ तपाईको सेवा गर्ने मौका दिनुहुन सम्पूर्ण आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्