कालोसूचिमा रहेको भन्दै अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न उजुरी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार बराल विरुद्ध युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै उजुरी परेको हो । बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिर्दा नतिदै उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी हालेका हुन् ।

बराल संलग्न रहेको पोखरा ९ नयाँबजारस्थित गण्डकी माछापुच्छ्रे सहकारी संस्थालाई कोषले ५० लाख रुपैयाँ कर्जा दिएको थियो । त्यसको साँवा, ब्याज २०७३ साल असार मसान्तसम्म बुझाउनुपर्ने थियो । तर, नबुझाएपछि कोषले उक्त संस्थामा संलग्न बरालसहित १५ जनाको नाम कालोसूचीमा राखेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्