उद्यमीलाई पर्यटनसँग जोड्दै नाट्टा गण्डकी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजन्टस (नाट्टा) को ‘समृद्धिका लागि पर्यटन’ टोली चितवन पुगेर पोखरा फर्केको छ । विभिन्न पेशा व्यावसायमा आवद्ध उद्यमीसहित शुक्रबार पोखराबाट हिंडेको टोली विविध गतिविधि गरी शनिबार पोखरा आएको हो ।

कार्यक्रम अन्र्तगत पहिलो दिन शुक्रबार विभिन्न व्यावसायमा आवद्ध उद्यमीहरु बिच फेलोसिप नाईट भएको नाट्टा गण्डकीका अध्यक्ष हरीराम अधिकारीले जानकारी दिए । उद्यमी फेलोसिप नाईटमा नेपालको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटनले कसरी टेवा पु¥याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

‘हामीले पहिलो दिन चितवन दासढुंगामा भेला भएका उद्यमीहरुसँग कसरी पयर्टन क्षेत्रमा जोडिन सकिन्छ भनेर सल्लाह गरेका थियौं,’ उनले भने । नाट्टा गण्डकीले छिट्टै पर्यटन क्षेत्रको विकासका लागि उद्यमी सम्मेलन गर्ने तयारी गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

पर्यटन क्षेत्रमा टेवा पु¥याउनका लागि पोखराका पर्यटन व्यवसायी र विभिन्न पेसा व्यावसायमा आवद्ध उद्यमीसहित नाट्टाका सातै प्रदेशका प्रतिनिधिहरु चितवन पुगेको नाट्टा गण्डकीकी महासचिव संगिता पौडेलले जानकारी दिईन् । सो कार्यक्रम शुक्रबार र शनिबार भएको थियो । यस कार्यक्रमले आन्तरिक पर्यटनलाई चलायमान बनाउन र कसरी पर्यटनलाई अरु क्षेत्रसँग जोड्न सकिन्छ भन्ने विषयमा योजना बनाउन सघाउने उनले बताईन् ।

कार्यक्रमको दोस्रो दिन शनिबार तनहुँ र चितवनमा रहेको देवघाटधाम भ्रमण गरेको संस्थामा सदस्य एवम् कार्यक्रम संयोजक गणेश पोखरेलले बताए । आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार नै छिमेकी प्रदेशका पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण र उद्यमीहरुबिच फेलोसिप गरेको उनले जानकारी दिए ।

कार्यक्रममा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जुनसुकै क्षेत्र पर्यटनसँग जोडिने भएका कारण सबै क्षेत्रका उद्यमीहरु बिच सहकार्य हुनुपर्ने बताउँछन् । नाट्टाले सबै क्षेत्रका उद्यमीहरु भेला गरी फेलोसिप गराएर सह्रानीय काम गरेको उनले बताए ।

‘हामी उद्यमीहरु कुनै न कुनै माध्यमबाट पर्यटनसँग जोडिएका हुन्छौं,’ उनले भने, ‘हामी हामी बिच चिनजान र सहकार्य हुनु आवश्यक थियो । नाट्टाले जुन काम गरेको छ त्यो सह्रानीय छ ।’ टोलीमा संस्थाका सदस्य, विभिन्न व्यावसायमा आवद्ध उद्यमीसहित ५० जनाको सहभागिता थियो । ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्