पोखरा महोत्सवलाई समाधानको साथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
एघारौ पोखरा महोत्सवमा मिडिया पार्टनरको रुपमा रहेर समाधान राष्ट्रिय दैनिकले साथ दिने भएको छ । युनाईटेड क्लवको आयोजनामा पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवलाई समाधान राष्ट्रिय दैनिकले मिडिया पार्टनरमा रही साथ दिने भएको हो । समाधान राष्ट्रिय दैनिकका ब्यवस्थापक श्रीप्रसाद पोखरेल र एघारौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनार विच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

सो अवसरमा वोल्दै समाधान राष्ट्रिय दैनिकका बजार ब्यवस्थापक श्रीप्रसाद पोखरेलले विगतका महोत्सवहरुमा जस्तै एघारौं संस्करणको पोखरा महोत्सवमा समेत समाधान राष्ट्रिय दैनिकले सहकार्य गर्न पाउदा खुसी लागेको वताए । सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले समाधान परिवारलाई समेत सामाजिक काममा सहभागी हुन पाउनु आफैमा गर्वको कुरा रहेको उनको भनाइ रहेको थियो ।

त्यस्तै एघारौं पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले समाधान राष्ट्रिय दैनिक संग विगतका महोत्सवहरुदेखीनै सहकार्य गर्दै आज सम्म आइपुग्दा निकै खुसी लागेको वताउदै पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएकाले सवैको साथ र सहयोगलेनै पोखरा महोत्सव सफल हुने बताए ।

पोखरा महोत्सवको आम्दानीबाट सामाजिक क्षेत्रमानै खर्च गरिने भएकाले पोखरा महोत्सव हामी सवै पोखरेलीको महोत्सव र सवैको योगदान अतुलनीय रहेको उनको भनाइ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्