जिसस कास्कीद्वारा सांसदहरूलाई बधाई तथा शुभकामना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
जिल्ला समन्वय समिति कास्कीले कास्कीबाट जकगट सभा तथा गण्डकी प्रदेश सभामा नवनिर्वाचित सामदहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

सो अवसरमा कास्की क्षेत्र न.३ बाट प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले राष्ट्रिय विकासका लागि सबैको हातेमालो आवश्यक भएको भन्दै समसहभागिता बाट मात्रै विकास सम्भव हुने बताए।

प्रदेश सभा सदस्य प्रकाश बरालले निरन्तर विकास नै जनअपेक्षा भएको हुदा आफुहरू नीति निर्माणसँगै विकासमा लागि पर्ने बताए ।

त्यस्तै प्रदेश सभा सदस्य सरस्वती गुरुङले उल्लेख विकासञ अबको पालो हुने र त्यसैमा केन्द्रित हुने बताइन् ।

जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेलले विकासका निम्ति प्रभाबकारी समन्वयका लागि परिचात्मक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए। पौडेलले प्रदेशमा केही कानुन नहुदा अनुगमन र समन्वय प्रभावित भएको भन्दै नवनिर्वाचित सांसदहरुलाई ध्यानाकर्षण गराउदै सो का लागि यथासक्य पहल गरिदिन आग्रह गरे ।

उनले स्थानिय,प्रदेश र केन्द्रिय सरकारका विकासका काममा अनुगमन र समन्वयका लागि जिल्ला समन्वय समिती हरहमेसा तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेशसभा सदस्यहरू बेद बहादुर गुरुङ , देबका पहारी त्रिपाठी,नन्दकला दमै ,राजकुमारी भुजेल , जिल्ला बिकास समिति कास्किका पूर्ब सभापति पुण्य पौडेल, जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख बैनबहादुर अधिकारी क्षेत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूलाई बधाई ज्ञापन सहित सम्मान गरिएको कार्यक्रममा स्वागत जिसस सदस्य सीतादेवी वि .क. र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।

कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्