आँखा शिविरबाट २ सय ५० जना लाभान्वित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के.सी/पाेखरा ।
पाेखरा ५ मा शनिवार भएकाे आँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन् ।

नेपाल रेड्क्रस सोसाइटी पोखरा -५,उपशाखा मालेपाटनको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा भएकाे १ दिने आँखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका हुन् ।

कार्यक्रममा पोखरा ५ का अध्यक्ष बिष्णु प्रसाद बरालले वडाले जहिले पनि सहयोग गर्न हरपल तयार रहेको बताए ।

कार्यक्रममा संस्थाका पुर्व संस्थापक सभापतिहरु शिवप्रसाद कोइराला,कृष्णमणि भुर्त्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सभापति राजु सुवेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन संस्थाका उपसचिव लक्ष्मण बरालले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्