लिग च्याम्पियन मछिन्द्रको विजेता बन्ने सपनामा पुर्ण विराम !

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । सहारा क्लबको आयोजनामा पोखराको रंगशालामा २२ औै जारी आहा ! रारा पोखरा गोल्डकपको आइतबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब विजयी भएको छ । चर्च ब्वाइजले मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले जितेको हो ।

खेलको २३ औ मिनेटमा आशिष चापागाइले गोल गर्दे चर्चलाई अग्रता दिलाएका थिए । अन्जन विष्टले गरेको हेड मछिन्द्रका किपरले पन्च गरेर फालेको बललाई आशिषले गोलमा परिणत गरेको हो ।

 

खेलको ४ औ मिनेटमा मछिन्द्रका एरिक बिष्टले डिबक्स भित्रबाट गरेको पावरफुल सट क्रसबार माथि बाट बाहिरिएको थियो ।
नेपालका चर्चित स्ट्राइकर बिमल घर्तीमगर समेत समावेश भएको टीमले खासै खेलमा जादु देखाउन सकेन ।

पुुस १५ गते नेपाल पुलिस क्लब माथि जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको र्चच ब्वाइज भर्खर मात्रै ए डिभिजनमा उक्लिएको क्लब हो ।

पहिलो हाफको अतिरिक्त समयमा उनै आशिष चापागाईले व्याक्तिगत दोस्रो गोल गर्दे चर्चको लागि गोल संख्या दोब्बर बनाएका थिए ।
पुलिस संगको खेलमा डिफेन्स लाइन अप कमजोर देखिएको चर्चको डिफेन्स लाइन अप आज निकै स्तरीय थियो ।

पहिलो हाफमै थकित देखिएको बिमल घर्ती मगरले खेलको ४४ औ मिनेटमा डिबक्स भित्र बाटै हानेको लेफ्ट फुटेट सट फ्रेममा पर्न सकेन ।
पहिला हाफमा २ गोलले अघि भएको चर्चले खेलको ६४ औ मिनेटमा अर्को एक गोल थप्दैे विजेता बन्ने यात्रालाई निरन्तरता दिएको थियो । उक्त गोल चर्चका आशिष चौधरीले गरेका हुन ।

जित्ने पक्का भए पछि चर्चब्वाइजका प्रशिक्षक विक्रम लामाले आफ्ना मेजर प्लेयरहरुलाई रेस्ट दिएको थियो । सोही मौकामा मछिन्द्रका सौरब सुब्बाले ८९ औ मिनेटमा आफ्ना टिमको लागि सान्तवना गोल गर्न सफल भए । आजको हार संगै आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रको यात्रामा पुर्ण विराम लागेको छ ।

 

आजको खेलमा चर्चका आशिष चापागाइ म्यान अफ द म्याच घोषित भए । अव चर्च ब्वाइजले पुस २१ गते हुने खेलको बिजेता संग भिड्ने छ । भोलिको खेल विभागिय त्रिभुवन आर्मी र संकटा बिच रहेको छ ।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्