३ महिनादेखि वेवारिसे अवस्थामा बसेका ३ जनाकाे उद्वार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । पाेखरा ५ सुगम मार्गमा रहेकाे  गाेल्डेन हाउस पार्टी प्यालेसकाे पार्किङमा विगत ३ महिनादेखि बेवारिसे अवस्थामा बस्दै आएका ३ जनाकाे उद्वार गरिएकाे छ ।

नाम ठेगाना पहिचान नभएका अन्दाजी ४५ वर्षकी एक महिला र अन्दाजी ५०/५५ वर्षका २ जना पुरुषलाई स्थानिय रेखा जि.सी.काे नेतृत्वमा विहिवार साँझ उद्वार गरिएकाे हाे ।

पाेखरा ५ का जनप्रतिनिधि गाेविन्द पराजुलीकाे राेहवर, मानव सेवा आश्रम हेमजाका प्रतिनिधि सदिस पुन र स्थानियकाे उपस्थिति साथै वडा प्रहरी कार्यालय वैदामकाे सहयाेगमा महिलालाई मानव सेवा आश्रम छाेरेपाटन र २ पुरुषलाई मानव सेवा आश्रम हेमजामा लगिएकाे समाजसेवी जि.सीले बताईन् ।

वेवारिसे अवस्थामा बसिरहेका व्यक्तिहरुले फाेहाेर संकलन गर्ने, मादक पदार्थ सेवन गर्ने, हाेहल्ला गर्ने, अश्लिल शव्दहरु प्रयाेग गर्ने गरेकाेले स्थानिय बासिन्दा तथा बालबालिकामा समेत प्रत्यक्ष असर पारेकाे स्थानियकाे भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्