१२ करोड बढिको कारोबार गर्दै सकियाे लेखनाथ महोत्सव, झण्डै ३ लाख दर्शकहरुद्धारा अवलोकन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

लेखनाथ । पुस ७ गतेबाट लेखनाथमा आयोजित १८ औं संस्करणको लेखनाथ महोत्सव सोमबार सम्पन्न भएको छ । महोत्सव अवधिभर भएको कारोबार र दर्शकहरुको उपस्थीती अनुसार महोत्सव सोचेभन्दा पनि सफल हुने देखीएको महोत्सवका प्रचार प्रसार संयोजक राजेन्द्र ओझाले बताए ।

महोत्सव अवधिभर २ लाख ८५ हजार दर्शकहरुले अवलोकन गरेका छन भने महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार भएको छ । महोत्सवको २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेको भएपनि लक्ष्यभन्दा पनि वढि प्रगती हासिल भएको आयोजकले दावी गरेको छ ।

महोत्सवको पहिलो दिन ३० हजार दर्शकले अवलोकन गरेका थिए भने दोस्रो दिन पुस ८ गते १० हजार, पुस ९ गते २५ हजार, १० गते ३० हजार, ११ गते १५ हजार, १२ गते १५ हजार, १३ गते २०, १४ गते २० हजार, १५ गते ३५ हजार र १६ गते ४० हजार र १७ गते २५ हजार र अन्तिम दिन १८ गते सोमबार २० हजार गरी कुल २ लाख ८५ हजार दर्शकले अवलोकन गरिसकेका छन् ।

त्यस्तै, महोत्सवमा कुल कारोबार रकम ११ करोड पुगेको छ । महोत्सवमा पहिलो दिन पुस ७ गते ८० लाख, ८ गते ४० लाख, ९ गते १ करोड, १० गते १ करोड २० लाख, ११ गते ७० लाख, १२ गते ८० लाख, १३ गते १ करोड, १४ गते १ करोड, १५ गते १ करोड ३० लाख र १६ गते १ करोड ५० लाख र १७ गते १ करोड ४० लाख र अन्तिम दिन १८ गते सोमबार १ करोड ३० लाख गरी कुल कारोबार रकम १२ करोड ३० लाख पुगेको संयोजक ओझाले जानकारी दिए ।

महोत्सवमा मनोरञ्जनका लागि रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरुको आयोजना गरिएको थियो । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कुल ३३७ स्टलहरु रहेका थिए ।

ग्रामिण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको थियो जुन दर्शकको आकर्षणको केन्द्र समेत बनेको थियो । यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो, गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका थिए ।

यसैविच महोत्सवको शनिवार एक समारोहका विच पुर्व गृहमन्त्री एवं गण्डकी प्रदेशका सांसद खगराज अधिकारीले समापन गरेका छन । समापन समारोहलाई सम्बोधन गर्दै अधिकारीले महोत्सवले लेखनाथबासीलाई सामाजीक रुपमा एकतावद्ध बनाएको वताउँदै आगामी दिनमा पनि स्थायी रुपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आम जनता र उपभोक्ता लाई उत्पादक एवं उद्योगी व्यवसायीहरुसग अन्र्तक्रिया गराउन यस्ता महोत्सवले उल्लेखनीय भुमिका खेल्ने वताउँदै यसबाट स्थानीय उत्पादक एवं उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष टेवा पुग्ने वताएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका उप–प्रमुख विदुर भुषण क्षेत्री, नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष बिमला भण्डारी, महोत्सवको झाँकी र्याली उप–समितिकी संयोजक बुद्धिमाया मगर लगायतले बोलेका थिए ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी राजु र धन्यवाद ज्ञापन मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्