जनतासँग सांसद कार्यक्रम:डाक्टर सहितको अस्पताल बनाउनुपर्नेमा जाेड

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मित्रमणी तिमिल्सिनाले डाक्टर सहितको अस्पताल बनाउनु पर्नेमा जाेड दिएका छन् ।

जनतासँग सांसद कार्यक्रम अनुसार विहिबार पोखरा १८ का ४ वुथमा भएकाे भेटघाट कार्यक्रममा उनले पोखरा मनपा १८ ,२३ ,२४ र अन्नपूर्ण गाउँपालिकाको १,२,३ वडालाई समेटिन हिसावले अस्पताल बनाउनुपर्नेमा जाेड दिएका हुन् ।

उनले साधारण उपचारका लागि पनि सहरका अस्पताल जानु पर्ने बाध्यता रहेको हुदा सांसद समक्ष आफ्ना माग राखेका हुन् ।

नेकपा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा तल्लो क्षेत्रका चङ्खपुर , भकुण्डे , खपौदी र सेदीमा रहेका समस्या र गर्नुपर्ने विकास निर्माण बारेमा जानकारी गरउदै पूर्व वडाध्यक्ष रणबहादुर थापाले स्वास्थ्य चाैकी र खानेपानीको समस्याका बारेमा जानकारी गराएका थिए ।

एमाले महानगर कमिटी सदस्य लक्ष्मण तिमिल्सिनाले पोखरा र समग्र गण्डकी प्रदेशकै गर्वका रुपमा अगाडी बढेको आइटी पार्कलाई समयमा नै निर्माण सम्पन्न गर्न आवश्यक पहल गरिदिन अपिल गरे ।

अर्का महानगर कमिटी सदस्य भिम नेपालीले कटुस र चिलाउनेको जङ्गलबाट देश र जनताले केहि आर्थिक लाभ पाउन नसकेको हुदा व्यवसायीक फलफफूल र ठाले घाँसका रूख विरूवा रोप्न र पूराना प्रयोग विहिन रूखहरूलाई आवश्यक काट्छाट गर्न ऐन कानुनको व्यवस्था गरिदिन आग्रह गरे ।

शान्त माध्यमिक विद्यालयका संस्थापक प्रअ गोकर्ण शर्मा तिमिल्सिनाले आफ्नो विद्यालयलाई माध्यमिक शिक्षक दरबन्दी र यातायात व्यवस्थापनसँगै प्राविधिक शिक्षाका विषय थप गरिदिन माग गरे ।

वडा नं १८ को तल्लो वेर्टमा चम्र खानेपानी र वाडी पहिरोको समस्या रहेका हुनाले दुबै तहका सरकारबाट सहयोगको अपेक्षा स्थानियकाे छ ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने पोखरा १८ प्रदेश तर्फ ३(१) पर्छ । जसबाट दामोदर बैरागी प्रतिनिधि सभा सदस्यमा र गणेशमान गुरुङ्ग प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्