स्पेनको क्लब ल्याउछौ भन्दा विश्वास गरेनन,ल्याए पछि सहयोग गरेनन तर कार्यक्रम सम्पन्न ग¥यौ : उपाध्यक्ष लुम्बिनी गार्डेन फाउन्डेसन

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । क्याथेरेन्यो क्लब स्पेनको बि डिभिजनको उत्कृष्ट क्लब हो । यस क्लबले गएको जनावरी ३ मा चर्चित फुटबल क्लब रियलम्याड्रिड संग प्रतिस्पर्धा ग¥यो । रियल संग १ शुन्यको झिनो अन्तरले मात्र हार्यो । रियलसंगको प्रतिस्पर्धामा पनि यहाँ खेलेका दुई तिन जना भेट्रान खेलाडी बाहेक अरु सबै उनै खेलाडीहरु थियो । जो नेपालमा मैत्रीपुर्ण खेल्नको लागि आएका थिए । उक्त खेल हेर्न खेल मैदानमा दर्शकहरु खचाखच थियो ।

‘नेपालको फुटबल विकास गर्नुको साथ साथै फुटबलको माध्यमबाट शान्तिको सन्देश विश्वभर छर्ने उद्धेश्यले आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको लागि स्पेन फुटबलमा लामो इतिहास बोकेको क्लबलाई नेपालको फुटबलसंग जोड्न मद्धत गछौ । मिल्यो भने अहिलेका चर्चित खेलाडी नभए चर्चित भेट्रान खेलाडी नेपाल भित्राउँछौ भन्दा नेपालका फुटबल संघ र तालुक मन्त्रालयका व्याक्तिहरुले विश्वास गरेनन । विश्वास नगरे पनि नेपाल भित्राए पछि सहयोग गर्छ होला भन्ने सोचेका थियौ त्यो पनि भएन । कतिले त पैसाकै बार्गेनिङ गरे ।’लुम्बिनी गार्डेन फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले भने ।

लुम्बिनी गार्डेन फाउन्डेसन विशुद्ध सामाजिक सेवा गर्ने उद्धेश्यले स्पेनमा रहेका नेपाली र त्यहाँका स्थानियहरु मिलेर स्पेनमा स्थापना भएकोे संस्था हो । यस संस्थाले नेपालमा परेको हरेका समस्यालाई आवश्यकता अनुसार सहयोग गर्दे आइरहेको छ ।

‘नेपालको फुटबल संघले हामी र हाम्रो संस्थालाई राम्रो संग बुझन सकेन । कार्यक्रम सम्पन्न भई सके पछि बल्ल सहयोग गर्नपर्ने महशुस गर्देछ उनीहरु ।’ फाउन्डेसनका महासचिव एक राज गिरिले भने । ‘नेपालमा हामीले यो कार्यक्रम पहिलो पटक आयोजना गरेको हुनाले पनि विश्वास नगरेको होला । आउने वर्षहरुमा उहाँहरुले हामीलाई पक्कै सहयोग गर्नुहुन्छ ।’हामी वर्षको एक पटक नेपालमा स्पेनका चर्चित खेलाडीहरु भित्राएर नेपालको फुटबल विकासमा हातेमालो गर्ने कार्य निरन्तर गर्नेछौ ।

नेपालमा हालै सम्पन्न दुई मैत्रीपुर्ण फुटवल खेलमा सहयोग गर्ने संघ संस्थाहरु र खेलाडीहरुलाई पोखरामा आयोजित धन्यवाद ज्ञापन सहितको समिक्षा कार्यक्रममा उक्त कुरा बताएका हुन ।

भगवान गौतम बुद्ध र विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम विश्व सामु पहिचान दिन पनि स्पेनमा आफुहरुले लुम्बिनी पार्क निर्माण गर्ने अभियानमा रहेको उनीहरुले बताए ।

वरिष्ठ फुटबल प्रशिक्षक मेघराज केसीले उक्त कार्यक्रममा विश्व चर्चित फुटबल खेलाडीहरुसंग हाम्रा खेलाडीले खेल्न पाउनु अवसर संग संगै फुटबल ट्रिक सिक्ने मौका भएको बताए ।

रात गई बात गई भने जस्तै कार्यक्रम सकिए पछि कमै मात्र संस्थाहरुले धन्यवाद दिने चलन छ । त्यसमा पनि आर्थिक रुपमा पुरै घाटा व्वहोरेको कार्यक्रम । नेपाल र नेपालकै फुटबल विकासको लागि आयोजना भएको कार्यक्रम थियो त्यो ।

स्पेनको काथेरेन्यो क्लबले नेपालका दुई मैत्रीपुर्ण खेल खेल्यो । पोखरामा गण्डकी ११ संग पुस १३ गते पोखरा रंगशालामा र पुस १४ गते काठमाडौ ११ संग दशरंगशालामा ।

गण्डकी ११ को टीमको कप्तानी गरेका राष्ट्रिय फुटवल टिमका पुर्व कप्तान समेत रहेका अनिल गुरुङले स्पेनका खेलाडीहरु संग फुटबल खेल्न पाउनु हाम्रो लागि एक सिढि माथि उक्ले सरह भएको बताए । यस्ता प्रतियोगिताहरुको आयोजना गर्ने संघ संस्थालाई नेपाल सरकारले नै प्रोत्हसान गर्न पर्ने उनको बुझाई छ । नेपालमा फुटबल खेलको स्तर बृद्धि गर्ने हो भने यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ । उनले भने ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले फुटबल विकासको लागि आफु संस्थागत र व्याक्तिगत सहयोग गर्न पछि नपर्ने बताएका छन ।

कार्यक्रममा काठमाडौ ११ र पोखरा ११ फुटबल टीममा सहभागी भएका खेलाडीहरुलाई धन्यवाद सहित मायाको चिनो र टोकन मनि प्रदान गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्