एघारौं पोखरा महोत्सवमा टिकटक बनाइ पुरस्कार जित्ने अवसर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा महोत्सवको अवलोकन संगै दर्शकहरुले टिकटक बनाइ पुरस्कार जित्ने अवसर समेत पाउने भएका छन । दशैकहरुले महोत्सव स्थल प्रवेश गरेपछि जुनसुकै स्थानमा टिकटक बनाउन सक्नेछन । दर्शकहरुले कुनैपनि गीतमा टिकटक बनाइ #2079PM राखेर भिडियो अप्लोड गर्नुपर्ने छ ।

सवै भन्दा धेरै भ्युज भएको भिडियोलाई पुरस्कार प्रदान गरिन प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव स्थल भित्र टिकटक बनाउनका लागि आयोजकले टिकटक निर्माणका लागी सजावट गरी विभिन्न स्थानमा टिकटक स्पट समेत निर्माण गरेको छ ।

टिकटक माघ ८ गते सांझ ४ बजे सम्म अपलोड गरिसक्नुपर्नेछ । टिमटका सर्वाधिक भ्युज आउने टिकटकलाई प्रथम पुरस्कार नगद ३० हजार र दोश्रोलाई २० हजार प्रदान गरिने समेत प्रचार प्रसार संयोजकले जानकारी दिए ।

 पोखरा महोत्सवले टिकटकमा सामाजिक सन्देशमुलक भिडियोहरु अपलोड गराउने र टिकटकबाट मनोरन्जन संगै टिकटक चलाएर पुरस्कार समेत पाइन्छ भन्ने प्रस्ट्याउन पनि प्रतियोगिताको आयोजना गरिएको हो ।

तेश्रो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वढिरहेको छभने ब्यापार समेत बढेको महोत्सवका अर्थ ब्यवस्थापन उपसमितिका संयोजक सूर्य बहादुर बानियाले वताए । महोत्सवमा विशेष गरी जाडो यामका सामाग्रीको बिक्री वितरण र घरायसी सामाग्रीहरुको बिक्री वढेको बानियाले जानकारी दिए ।

 महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहेको थियोभने । सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिएका थिए ।

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रकाश सपुत, जीवन दाहाल, शिवहरि ढुंगाना, राजन कार्की, निशा पोख्रेल, परशुराम अधिकारी, बसन्ती थापा, सुमन केसी, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाइभ कन्सर्टमा लाहुरेको प्रस्तुती रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्