नेपाल औषधी व्यवसायी संघद्वारा स्वास्थ्यमन्त्री गुरुङलाई बधाई तथा मागपत्र पेश

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नेपाल औषधी व्यवसायी संघ गण्डकी प्रदेशले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलाई बधाई दिदै मागपत्र बुझाएकाे छ ।

शनिवार एक कार्यक्रमकाविच संघले मन्त्री गुरुङलाई गण्डकी प्रदेश सरकारकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे हाे ।

कार्यक्रमका औषधी व्यवसायी संघकाे तर्फबाट बाेल्दै अध्यक्ष कृष्ण प्रसाद पाण्डेले लामो समयदेखि नीजि क्षेत्रमा रहेका औषधि व्यवसायीहरूले देशका दुरदराजसम्म सेवा प्रदान गरेता पनि नेपाल सरकारले सरकारी र नीजि क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण फरक भएकाले ८ वुँदे सुझावसहित मागपत्र बुझाए । उनले औषधी तथा स्वास्थ्य क्षेत्रमा सबैले अनुभूति गर्ने गरि परिवर्तन गर्न औषधी व्यवसायी संघले पूर्ण रुपमा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै संस्थागत रुपमा राखिएको मागलाई मन्त्रालयबाट सम्वाेधन हुने विश्वास व्यक्त गरे ।

संघले मन्त्रीसमक्ष बुझाएकाे मागपत्रमा उल्लेखित सुझाव तथा माग यस्ता छन्:
१. राष्ट्रिय र प्रादेशिक स्वास्थ्य नीति बनाउँदा औषधी व्यवसायीको प्रतिनिधिलाई प्रतिनिधित्व गराइ दिनुहुन ।

२. औषधी व्यवसायी देशका सबै स्थानमा भएकोले विभिन्न विपत, महामारीमा अग्रपतिमा खटिनु व्यवसायीको कर्म र धर्म भएकोले इर्मजेन्सी व्यवस्थापन तालिम सम्पूर्ण व्यवसायीलाई व्यवस्था गरि दिनुहुन ।

३. गण्डकी प्रदेशमा औषधी व्यवस्था विभागको कार्यालय नहुँदा सरोकारवाला सबैलाई अति नै समस्या भएकाले विभागीय कार्यालय यथासक्य छिटो स्थापना गरि दिनुहुन ।

४. औषधी व्यवसाय २४ सै घण्टा सेवा दिनु पर्ने पेशा भएकोले, एक व्यवसायमा कार्यरत सहयोगीलाई व्यवसायी सहायक तालिमको व्यवस्थापन गराइ दिनुहुन ।

५. औषधी व्यवस्था विभागको व्यवसायीक प्रमाण पत्र प्रत्येक वर्ष नविकरण गर्न वाध्यकारी अवस्था भएकाले
गाउँको दुरदराजबाट नविकरणकै लागि सेवा बन्द गरेर शहर धाउन बाध्य हुने हुनाले ५ वर्षमा नविकरण गर्ने व्यवस्था गरिदिनुहुन ।

६.व्यवसायिक प्रमाणपत्र नविकरण गर्न १२५ दिन कटेमा ९००% जरिवाना लाग्ने गरिएकाले यो अति नै अवैज्ञानिक भएको यसलाई पुन विचार गरिदिनुहुन ।

७. नीजि क्षेत्रमा कार्यरत औषधी व्यवसायी स्वास्थ्य कर्मीलाई कुनै पनि सरकारी तालिम गोष्ठिमा समावेश गराउने नगरिएकाले सबै स्वास्थ्यकर्मिलाई स्तरोन्नतीको व्यवस्थापन मिलाउनु हुनु ।

८. खाद्यपुरक (Food Suppliment) औषधिकै बनावटमा भित्र्याएर औषधि भन्दा महङ्गोमा बिरामीले खानुपर्ने बाध्यता भएकाले यस विषयमा मन्त्रालयबाट ठोस निति बनाई Food Suppliment को मूल्य, गुणस्तर लगायत विषयमा नियमन र नियन्त्रण गर्नुहुन ।

कार्यक्रममा आैषधी अतिथि यमनाथ पाैडेल र रामबहादुर केसीले शुभकामना मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष दयानिधि पाैडेलले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन संघका सञ्चालक सदस्य विष्णु भण्डारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्