
काठमाडाैं ।
कास्की क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले निर्माणाधिन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद भट्टराईले सो सडक खण्डको करिब ९३ कि. मि . सडक एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेनमा स्तरोन्नति गर्न बि स २०७८ मा सम्झौता भएर २०८१ मा निर्माण सम्पन्न हुनु पर्नेमा हालसम्म जम्मा पाँच प्रतिशत मात्रै काम सम्पन्न भएको उल्लेख गरिन् ।
भट्टराईले सो सडक समयमै सम्पन्न गर्न सडक किनाराका बिजुलीका पोल र खानेपानी बिस्तारको काम मुख्य अबरोधको रूपमा रहेको जसका कारण कोत्रे – पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताको विषय भएको बताईन् ।
“सडक निर्माणको कार्य प्रगति सन्ताेषजनक नभएको तथा लाखौं यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको र प्रत्यक्ष जीवनसंग जोडिएको उक्त सडक समयमा सम्पन्न गर्ने गरि काम अगाडि बढाउन सरकारको संसद मार्फत ध्यानाकर्षण गराउँछु ।” भट्टराईले आफ्नो सम्बोधन क्रममा उल्लेख गरिन् ।