तेस्रो शितलज्योति कप फागुन २० गते देखि

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । शितलज्योति युुवा क्लब पोखरा १२ को आयोजनामा यहि फागुन २० गते देखि तेस्रो शितलज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।क्लबले आइतबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।

‘समाज निर्माणमा आजको युवा र खेलकुद’ भन्ने मुल नाराका साथ पोखराको अमरसिंह स्कुल खेल मैदानमा आयोजना हुन गईरहेको प्रतियोगिता फागुन २७ गते सम्म संचालन हुने क्लबका अध्यक्ष नर प्रसाद गुरुङले बताए ।

निर्वतमान अध्यक्ष सन्तोष गुरुङको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरि प्रतियोगिताको कार्यलाई तिर्वरुपमा अघि बढाएको अध्यक्ष गुरुङले बताए ।

यस प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५,उपविजेताले ८५ हजार ५ सय ५५ नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा प्रवेश गर्ने टिमले १० हजार नगद प्राप्त गर्ने संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

क्वाटरफाइनलबाट प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान साइकल प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट डिफेन्डर,मिडफिल्डर,गोलकिपर,प्रशिक्षक र सर्वाधिक गोेलकर्तालाई जनही ५/५ हजार प्रदान गरिने सो प्रत्रकार सम्मेलनमा आयोजक शितलज्योति युवा क्लबले जानकारी दिएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार संस्थाका सल्लाहकार हरि खड्काका कान्छा छोरा स्व.किरण खड्काको स्मृतिमा उहाँ परिवार मार्फत सहयोग प्राप्त भएको र दोस्रो पुरस्कार पोखरा महानगरपालिका वडा नं.१२ को कार्यालयले सहयोग गरेको संयोजक गुरुङले बताए ।

टीम प्रवेश शुल्क ८ हजार रहेको प्रतियोगितामा ३० देखि ४० टिमले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेको छ । सो प्रतियोगितामा करिब २३ लाख खर्च हुने अनुमान गरिएको छ । भने आम्दानी पनि सोहि अनुरुप हुने बताईएको छ । “प्रतियोगितामालाई भव्य रुपमा सम्पन्न गर्नको लागि कुनै कन्जुस्याई नगर्ने तर मिल्ने र हुन सक्ने ठाउँमा खर्च कम गरि केहि रकम बचत गर्ने योजनामा छौ ।,ा बचत भएको रकम समाज निर्माण र खेलकुद विकासमा लगानी गछौ ।”अध्यक्ष गुरुङले भने ।

तस्विर :राम गुरुङ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्