मुटुरोग विशेषज्ञ डा.मनोज कोइरालाले पुनः पोखराबाट सेवा दिने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
मुटुरोग विशेषज्ञ डा. मनोज कोइरालाले पुन: पोखराबाट सेवा दिने भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र रिजनल हस्पिटलमा उनले सेवा दिन लागेका हुन् ।

उनी तीन वर्ष अघि वरिष्ठ फिजिसियनका रुपमा दुवै संस्थामा कार्यरत थिए । डा. कोइरालाले हालै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल/सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट मुटुरोग सम्वन्धी सर्वाधिक उच्च अध्ययन विद्यावारिधि (DM-Doctorate of Medicine) in Cardiology)गरेका हुन् ।

पोखरा जन्मभुमि र स्वास्थ्य विज्ञान प्रतिष्ठान पहिलेको कार्यक्षेत्र भएकाले पनि जन्म, कर्म र भावनाको सम्वन्धले आफुलाई तानेको डा. कोइरालाले बताए ।

शरीरको विभिन्न हिस्साको रक्तवाहिनी नली बन्द हुँदा विभिन्न किसिमको स्वास्थ्य समस्या आउन सक्छ । यसले हृदयघात वा स्ट्रोकको खतरा पनि निम्त्याउँछ । त्यही कारण मुटुलाई स्वस्थ्य राख्नका लागि सधै सर्तक हुनुपर्छ ।

डा. कोइराला भन्छन-“मुटुरोगका लक्षणहरूबारे धेरैलाई जानकारी नभएका कारण मानिसहरू ढिला गरी उपचारका लागि अस्पताल वा डाक्टरकहाँ जान्छन् । छातीको बीच भागमा पीडा हुनु, परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, बाल्यकालमा जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु, जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन् । शारीरिक परिश्रम गर्ने वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतिर भएर ढुङ्गाले थिचेको जस्तो अनुभव हुन्छ । कसै– कसैलाई भने पहिलो पटक नै असहूय तरिकाले छाती दख्नु, देब्रे छातीतिर झनै श्वास फेर्न गार्हो हुने, चिटचिट पसिना आउने, वाकवाक लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जसमध्ये एक तिहाई विरामीको अस्पताल पुग्नभुन्दा अगाडि नै मृत्यु हुन्छ ।”

रक्तचाप, हृदयघात, कोलेस्टेरोल, मधुमेह जस्ता राेगहरु मुटुुसँग सम्वन्धित रोग हुन भने एन्जिग्राफी, एन्जियोल्पाष्टी र इको कार्डियोग्राम मुटुुसँग सम्वन्धित रोगका परीक्षणहरु हुन् ।

कोरोनरी आर्टरी बाइपास मुटुरोग प्राणघातक भए तापनि ८०% हृदयघात (Heart Attrack) रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर वर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छन् ।

नेपालमा मुटुरोग बढ्ने क्रममा छ । विशेष गरी ४० वषर्भन्दा बढी उमेरका मानिसहरूमा देखिने यो रोग आजकल युवा उमेरका मानिसहरूमा पनि देखिन थालेको छ । हाल करिव १५ प्रतिशत जनतालाई कुनै न कुनै प्रकारको मुटुरोग भएको अनुमान गरिएको छ ।

नेपालमा १० वर्षयता मुटुरोगीहरूको संख्यामा पाँच गुणाले वृद्धि भएको छ । हाल नेपालमा १८ वर्ष उमेरमाथिका करिव २० प्रतिशतलाई उच्च रक्तचाप, ३ प्रतिशतलाई कोरोनरी मुटुको रोग, १० प्रतिशतलाई मधुमेह छ ।

यस्तै स्कुल जाने उमेरका करिब ०.२ प्रतिशतलाई बाथमुटुको रोग र त्यत्ति नै अनुपातमा जन्मजात मुटुको रोग छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्