
पोखरा । दलित महिला संघ (फेडो) कास्कीले ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस सचेतनामुलक र्याली गरि मनाएको छ । पोखरामा संघले आयोजना गरेको र्यालीमा ‘जातिय विभेद अन्त्य गरौँ’, ‘दलितका सवाल पनि सुन्ने गरौँ’, ‘जातिय विभेद गर्नलाई कारवाही गर’, ‘जातीय विभेद तथा छुवाछुत विरुद्ध अनिवार्य प्रतिरोध गरौँ’ जस्ता नारा लगाइएको थियो भने जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ को पालना गरौँ , ‘मान्छे मान्छे एउटै हो’ जस्ता पम्प्लेट र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
हरेक बर्ष मार्च २१ का दिन यो दिवस
सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुुकमा गोरा शासकहरूद्वारा लादिएको उपनिवेशवाद, जातिभेद तथा रङ्ग विरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ।
नेपालमा सन् २००१ देखि मनाईंदै आएको यो दिवस सन् १९७१ मा पक्ष राष्ट्रको रुपमा अनुमोदन गरेको थियो । २०६३ साल जेठ २१ मा पुन:स्थापित प्रतिनिधिसभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यो। त्यस्तै २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ संसदबाट पारित भएको थियो।
जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारबाही हुनसक्ने व्यवस्था छ । तर कानुनतः दण्डनीय भएपनि व्यावहारिक रूपमा कानून कार्यान्वनयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६६ मा २१ मार्चलाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।