रेडक्रस उपशाखा लाहाचोकको १८ औ साधारणसभा सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल रेडक्रस सोसाइटी माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोक उपशाखाको साधारणसभा सम्पन्न भएको छ ।

महेन्द्र मावि को सभाहलमा सम्पन्न साधारणसभामा उपशाखाले पूर्व सभापतिहरू यदुराम अधिकारी,लीलाधर अधिकारी र नारायणप्रसाद पाैडेललाई सम्मान गरेको थियो । भने गाउँमा विभिन्न सामुदायिक सेवाका साथ जुनसुकै अवस्थामा पनि उद्धार सहयोगमा भूमिका खेल्ने एम्बुलेन्स चालक शुशिल श्रेष्ठलाई सम्मान गरेको थियाे ।

उपशाखामा २७ जना नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गरिनुको साथै १८ औं साधारणसभा पूर्व आयोजित निवन्ध लेखन प्रतियोगितामा उत्कृष्ट प्रथम द्वितीय र तृतीय विद्यार्थी हरुलाई पुरस्कार वितरण गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको उपसभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सभापति केशवराज पाैडेलले संस्थाको गतिविधि र भावी कार्ययोजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष श्रीकान्त पाैडेलले संस्थाको आर्थिक गतिविधिको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष रवि अधिकारीले क्यान्सर पीडितलाई आफूले प्राप्त गर्ने पारिश्रमिक एक महिनाको पुरै सहयोग गर्ने र उपशाखाबाट सुरु गरिने राहात कोषमा रु. तीन हजार प्रदान गर्ने घोषणा गरेका थिए।

उपशाखाका सभापतिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्णप्रसाद अधिकारीले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्