केबलकारमा नयाँ वर्ष महोत्सव ,भाग्यशाली विजेताले मोबाइल फोन पाउने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पोखरालाई पर्यटनको राजधानी भनेर चिनिन्छ । पोखरा आउने अधिकासं आन्तरिक तथा वाह्य पर्यटकहरु सराङ्कोट जाने गर्छन् ।

१४ महिना देखि पोखरामा केबलकार सेवा सञ्चालनमा आएको छ , जुन सेवा अन्नपूर्ण केबलकार प्रा लिले करिब २ अर्ब रकम खर्चेर सञ्चालनमा लाएको छ ।केबलकार बिहान ५ बजे सुर्यदर्शनका लागि सुचारु हुन्छ जुन सेवा साझँ ६ बजे सम्म सञ्चालनमा रहन्छ । नेपाली यात्रुका लागि ७ सय रूपैयाँ टिकट रहेको छ दुई तर्फि ।

अतिबेला केबलकारमा मैसमी छुट सञ्चालनमा छ । केबलकारका यात्रुलाई केबलकारको तल्लो स्टेशन सम्म केबलकारकै निशुल्क बस सेवाले ल्याउने लाने गरेको छ । पोखराको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउदै आएको अन्नपूर्ण केबलबारले नयाँ बर्षको अवसरमा न्यू ईयर कार्निभल गर्ने भएको छ।

उक्त कार्यक्रममा गायक अलमोडा र महेश काफ्ले तथा गायिका अस्मिता अधिकारीको प्रस्तुति रहने छ । उक्त कार्यक्रममा टिकट काटेका मध्यबाट तीन जना भाग्यशाली बिजेताले स्मार्ट फोन प्राप्त गर्ने छन ।

केबलकार राईड,फ्रि बियर एण्ड सफ्ट डि्ङक,लाइभ कन्सर्ट एण्ड डिजे,किड जोन ,टिकटक जोन ,फ्रि जिपलाईन,स्विङ,जिप साइकिलिङ तथा जेम एण्ड गिफ्टका सुविधाहरू रहने छन ।

टिकट दर भने एक हजार रहेको अन्नपूर्ण केबलकारका प्रशासकीय अधिकृत दामोदर तिमिल्सीनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्