नेपाली नयाँ वर्ष २०८० आजदेखि सुरु,पाेखरामा विभिन्न महोत्सवबाट नयाँ वर्षको स्वागत

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । आजदेखि नेपाली नयाँ वर्ष विक्रम संवत २०८० सुरु भएको छ । विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ ।

नेपालीहरुले एक आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपिन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गर्ने र रमाईलो गर्ने गर्छन् ।

आजको दिन देशभरका विभिन्न शक्ति पिठहरुमा सर्वसाधारणहरुको घुईचो लाग्ने गर्छ। नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।

विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ । वि सं अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ ।

सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास पनि रहँदै आएको छ ।

यसैविच पोखराको लेकसाईडमा जारी फेवा नव वर्ष महोत्सवबाट पोख्रेलीहरुले नेपाली नयाँ वर्ष २०८० लाई भव्य स्वागत गरेका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा बुधवारदेखि जारी १८ औं फेवा नव वर्ष महोत्सवबाट पोख्रेलीहरुले नयाँ वर्षको स्वागत गरेका हुन् ।

नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले संचालन भएको महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने संघको विश्वास छ ।

फिस्टेल गेटदेखि खहरेसम्म आयोजित महोत्सवले पर्यटन, संस्कृति र खानालाई जोड दिएको छ । महोत्सवको समापन आज हुदैछ ।

यसैगरी पाेखरा २५ हेमजामा जारी ११  आैं राष्ट्रिय हेमजा आलु महाेत्सवमा र्यापर लाहुरेकाे प्रस्तुतिबाट पनि नयाँ वर्ष २०८० लाई भव्य स्वागत गरिएकाे छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्