पोखरा स्पोर्टस् अवार्ड : मझेरी रिर्सोट एण्ड स्पाको साथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । यही वैशाख २३ गते पोखरामा हुने सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सफल पार्न मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको छ । उक्त अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा पोखराको लेकसाईडस्थित स्ट्रिट नम्वर १७ मा अवस्थित मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।

बिहिबार रिर्सोटका अध्यक्ष अर्जुन खनाल र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । मञ्चले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित पर्यटन प्रबद्र्धन हुने भएकोले होटलले साथ दिएको अध्यक्ष खनालले बताए । सो कार्यक्रममा रिर्सोटका जेनेरल म्यानेजर सूर्य भूजेल, मञ्चका सचिव शशीकुमार पौडेल, सदस्य सुर्दशन रञ्जितको उपस्थिति रहेको थियो ।

हालसालै सञ्चालनमा आएको रिर्सोटमा ६० वटा रुम रहेका छन भने न्यूनतम ३ हजार ५ सय देखि १५ हजार मुल्य बराबरका डिलक्स देखि सुइट रुमसम्म रहेको अध्यक्ष खनालले बताए । उनका अनुसार करिव ४ रोपनी क्षेत्रफलमा अवस्थित रिर्सोटमा स्विमिङपुल, प्रसस्त पार्किङ, गार्डेन, एक सय जनासम्म क्षमता भएको सभाहल लगायतका सेवा सुविधाहरु रहेका छन् ।

पोखरा स्पोटर्स अवार्ड सफल पार्न विभिन्न संघ संस्थाले मञ्चसंग सहकार्य, साथ र सहयोग गर्ने क्रम जारी रहेको मञ्चका अध्यक्ष बरालले बताए । पोखरा स्पोटर्स अवार्ड सम्पुर्ण गण्डकी प्रदेशबासी खेलकुदकर्मीहरुको लागि एउटा इभेण्ट भएकोले उक्त कार्यक्रम सफल पार्न सवैको साथ सहयोग आवश्यक भएको मञ्चका अध्यक्ष बरालको भनाई छ ।

दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ ।

यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा यूके, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल रहेका छन् ।

नेपाल औषधी व्यवसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा युकेका संस्थापक सल्लाहकारद्वय महेश गुरुङ , लोक बहादुर गुरुङ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङ, पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङ, समाजसेवी चिनकाजी गुरुङ, पोखरेली मञ्च युकेका सल्लाहकार नरजङ्ग गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सल्लाहाकार सुनिल गुरुङ, सहारा हङकङ, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, हाम्रो हस्तकला काठमाण्डौं, लगायतले समेत सघाउने तय भैसकेको छ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्