तनहुँ डुम्रे स्थिीत सडक मर्मत नहुदाँ स्थानिय मर्कामा,सरोकार वाला मौन, स्थानियले गुनासो गरे माटो लगेर पुर्दिन्छ

  • ख-
  • ख+


सुरज श्रेष्ठ,तनहुँ ।
काठमाडौ–पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्र्तगत डुम्रे स्थिीत सडक मर्मत नहुदाँ स्थानिय समस्यामा परेका छन् । बर्षो देखि सडकको हालत यस्तो हुदाँ पनि सरोकार वाला मौन देखिन्छ ।

सडक मर्मत सम्भारको जिम्मा सडक डिभिजन कार्यालय तनहुँको हो । कार्यालयले मर्मत गर्न आलटाल गरिरहेको स्थानियको गुनासो छ । पटक पटक स्थानियले मर्मतको लागि अनुरोध गर्दा समेत सडक डिभिजन कार्यालयले ममर्तको लागि कुनै पहल गरेको देखिदैन ।

दैनिक हजारौ सवारी साधन आवत जावत गर्ने यो राजमार्गले स्थानियलाई मात्र समस्या परेको छैन । यसले व्यस्त हुने सडक मर्मत संम्भारमा ढिलाइ हुदाँ सडक डिभिजन कार्यालय तनहुँको कार्य शैलिमा नै प्रश्न उठेको छ ।

त्यहाँका बासिन्दाले सडक मर्मतको लागि स्थानीय सरकारलाई पनि गुहारे तर राजमार्गको सडक मर्मतको जिम्मा सडक डिभिजन कार्यालयको हो भन्दै पन्छिने उनीहरुको भनाई छ ।

स्थानिय छिमेक्केश्वरी रेडियोका संन्चारकर्मी शिव कुमार श्रेष्ठले उक्त सडक मर्मतको प्रकृया के हो र कसरी गर्न सकिन्छ भन्ने बारे गाउँपालिका संग सोधपुछ गर्दा हाम्रो जिम्मामा नपर्ने जवाफ दिने गरेको उनले बताए ।

सडक डिभिजन कार्यालय तनहुँमा बुझ्दा तपाईहरुको गाउँपालिकाले जथाभावी सडक बनाएको कारणले यो समस्या आएको हो मर्मतको लागि गाउँपालिका संग नै समन्वय गर्नु पर्ने जवाफ आउने गरेको उनले बताए ।

डुम्रे टोल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले पटक पटक सडक मर्मतको पहल गर्दा पनि सडक डिभिजन कार्यालयले कुनै पहल नगरे पछि हामी स्थानिय पैसा उठाएर सडक निर्माण गछौ,तपाईहरु हात उठाउनुस् समेत भने । हात पनि उठाउदैन निर्माण पनि गर्देन । उनले भने ।

स्थानीय दिनेश प्रधानले भने नालीको राम्रो व्यवस्था गरि बाटो निर्माण गरेको भए यस्तो समस्या हुने थिएन् । वर्षातको समय पानीले माटो बगाएर सडक खेत जस्तै हुन्छ ।

घाम लागे पछि धुलोले बस्न सकिन्न । घरै छाडेर अन्त कतै जान पर्ने जस्तो भएको उनले दुखेसो सुनाए ।

सोही ठाउँका एक स्थानिय व्यवसायीले डुम्रे बजार घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने गर्छ । सो कारण आफ्नो व्यवसायमा समेत असर गरेको बताए ।

दैनिक जसो सवारी दुर्घटना हुने गरेको स्थानिय स्कुलका शिक्षक शम्भु श्रेष्ठले सुनाउँछ । सडक मर्मतको लागि सरोकारवाला संस्थाले ठुलै दुर्घटना कुरेको हो कि ? उनले आक्रोश पोखे ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिं थापाले त्यहाँ समस्या पर्ने बित्तिक्कै सडक डिभिजनका प्रमुखलाई फोन गरि समस्या समधानको पहल गर्ने गरेको बताए । सडक डिभिजन कार्यालयको कार्य क्षेत्र भित्र पर्ने भएकोले हामी डिभिजन कार्यालय संग समन्वय गर्ने हो । गरि रहेका छौ । हिजो (शनिबार ) सडक डिभिजन बाट ग्रयावेल हाल्ने काम भयो । उनले भने ।

सोही वडाका अध्यक्ष भानुभक्त अधिकारी संग बुझ्दा स्थानिय संगै मर्मतको लागि डेलिगेसन गएका थियौ । तर काम हुन नसकेको उनले बताए ।

सडक डिभिजन कार्यालय तनहुँका प्रमुख अमित कुमार श्रेष्ठले लक डाउनको कारण सो बाटो मर्मतमा ढिला हुन गएको स्विाकार्दे अब दशै अघि नै बाटोले मुहार फेर्ने बताए ।

“सरुवा भएर आएको एक महिना मै लक डाउन भयो । असार र साउनमा बर्षातले काममा कठिनाई हुन्छ । “अब छिट्टै यो काममा लाग्छौ,बाटो निर्माणको लागि सम्झौता अघि बढि सकेको छ ।” उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्