बडिविल्डङ महासंघमा विवाद

सुरज श्रेष्ठ
  • ख-
  • ख+

पोखरा । नेप्लिज फेडरेशन अफ बडिविल्डङ एण्ड फिटनेश(एनएफबिएफ)मा विवाद सिर्जना भएको छ ।
मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि नेप्लिज फेडरेश अफ बडिविल्डङ एण्ड फिटनेश(एनएफबिएफ) का उपाध्यक्ष समेत रहेका नुना गुरुङ लगायतले सो कुरा बताएका छन ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मनोमानि ढंगले समिति गठन गरेको उनीहरुको आरोप छ ।

आज पोखरा रंगशालामा सम्पन्न भएको पत्रकार सम्मेलनमा बोल्दै संघका उपाध्यक्ष एंव गण्डकी प्रदेशका ईन्चार्ज नुना गुरुङले हालै काठमाडौमा सम्पन्न भएको अधिवेशनले देशै भरि प्रदेश र जिल्ला संघ गठन गर्दा समेत आफुहरुलाई कुनै आधिकारिक जानकारी नदिई एकलौटी ढंगले अगाडि बढेको बताए ।

“खेलकुदमा राजनिति हुनु हुन्न भन्ने पक्षमा थियौ तर अहिले राजनिति हावी भयो ।,हामी यो दादागिरी कुनै हालतमा मान्दैनौ । उनीहरुले पेलेर लैजान खोज्छन भने हामी कानुनी बाटोमा जान बाध्य हुन्छौ ।”नुनाले भने ।

शारिरिक सुगठनको दुईवटा संघलाई मिलाएर एउटै महासंघ बनाउने पक्षमा हामी सकारात्मक हुदाँ हुदै उनीहरुले हामीलाई बेवास्ता गरी केन्दिकृत मानसिकताबाट माथि उठन नसकेको बताए । यसले खेल विकासमा बाधा पुग्ने उनीहरुको ठहर छ ।

नेपालको नयाँ ऐन अन्र्तगत एउटै खेलको दुईटा संघले मान्यता पाउँदैन । यस अघि शारिरिक सुगठनको दुईवटा संघ थियो । सोही कुरालाई मध्यनजर गरेर खेलकुद परिषदका उपाध्यक्षको रहोवरमा खेलकुद परिषदका विभागिय प्रमुखहरु र शारिरक सुगठनको टोली मिलेर नेपाल शारिरिक सुगठन महासंघ गठन गर्ने निर्णय गरेको थियो ।

शारिरिक सुगठन महासंघका नवनिर्वाचित अध्यक्ष राजेश बाबु श्रेष्ठले सोही बमोजिम अघि बढेका बताए । “हामीले गण्डकी प्रदेशका ६ जिल्लामा गठन गरिसकैका छौ । कास्कीमा किन समस्या भएको छ । हामीले बुझेका छैनौ ।, हुन त झापाका पनि यस्तै समस्या थियो अहिले मिलिसकेको छ । कास्कीमा पनि मिल्छ ।” श्रेष्ठले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्