स्वास्थ्य कार्यालय कास्कीले चालु आ.व.मा गरेका गतिविधिहरु (भिडियो)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के.सी./पोखरा । अहिलेको स्वास्थ्य कार्यालयलाई देशमा संघियता नआउँदै जिल्ला जनस्वाथ्य कार्यालय भनिन्थ्यो । भने यसको भूमिका पनि फराकिलो थियो । साविकको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जिल्लाका स्वास्थ्यसँग सम्वन्धित सम्पूर्ण कामहरु गर्थ्यो । स्वास्थ्यकर्मीको तलव भत्ता,सरुवा बढुवाका कामसमेत जिल्ला जनस्वास्थ्यको मातहतमा हुने थियो ।

तर संघियता आईसकेपछि जिल्ला जनस्वास्थ्य कार्यालयको नाम जस्तै भूमिका पनि कम भएको छ । यस कार्यालयले गण्डकी प्रदेश सरकारको मातहतमा रहेर कास्की जिल्लाको जनस्वास्थ्यसँग सम्वन्धित कार्यक्रमहरुको समन्वयको काम गर्दछ । हाल यस कार्यालयको मातहतका कुनै पनि स्वास्थ्य संस्थाहरु छैनन् । यस्तो छ , स्वास्थ्य कार्यालयको भूमिका ।

स्वास्थ्य कार्यालय कास्कीले चालु आर्थिक वर्षमा गरेका कामका गतिविधिको बारेमा जानकारी दिदै स्वास्थ्य कार्यालय कास्कीका सूचना अधिकारी तथा तथ्याङ्क अधिकृत (छैठौं) विष्णु प्रसाद बराल ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्