सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
पश्चिमाञ्चल स्वास्थ्य सहकारीले २१ औ स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान गरेकाे छ । कार्यक्रममा १०८ प्वाईट रगत सङकलन भएको छ ।

पोखरा महानगरपालिकाका सहकारी प्रमुख रविरमण तिवारीले पहिलो रक्तदाता डा. नवराज वास्तोलालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम शुरु गरेका थिए ।

तिवारीले सहकारी एकतासँगै सहकारीहरुको सकृयता ऐन नियमको पलाना गर्नु नै सहकारीको मुल मर्म हुनुपर्ने बताए ।

कार्यक्रममा रक्तदान अभियान्ता एवं सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष्य कृष्ण बहादुर थापाले रक्तदान बढाउन सहकारीहरुको भुमिका महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा अग्रज रक्तदाता बिक्रम उदासले ७६ औं पटक रक्तदान गरे।

२०५९ मा स्थापित सहकारी पोखरा समुह अस्पतालको संचालन मार्फत सम्पुर्ण स्वास्थ्य सेवा र बचत तथा ऋण कार्य गरिदै आएको उपाध्यक्ष अर्जुन ज्ञवालीले बताए ।

संस्थाका अध्यक्ष्य हरी पाण्डेको सभापतित्वमा भएको कार्यक्रम मार्फत आकस्मिक रक्तदान समुहका अध्यक्ष हरिश्चन्द्र शर्मा ,नेपाल स्वयमसेवी रक्तदाता समुहका सदस्य विरेन्द्र पराजुली , डा. छममाया पुन , डा.गणेश भक्त आर्चाय , सचिव मिलन श्रेष्ठ ,कार्यक्रम संयोजक ध्रुव शर्मा लगायतले आ आफ्ना भनाई राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्