कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
पर्वतको कुश्मामा गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा तेक्वान्दो हल बडगाउ मा प्रतियोगिता शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले खेलकुदको माध्यमले देशको पहिचान र खेलाडीको व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्न सक्ने बताए ।

विश्वका धेरै देशले खेलकुद लाई प्राथमिकता दिएपनी नेपाल सरकारले अझै पनि खेलको विकासमा प्रयाप्त सहयोग गर्न नसकेको जोशीले गुनासो गरे ।

पर्वत जिल्ला पर्यटनमा चर्चित भैरहेको परिवेशमा खेलकुदको माध्यमबाट पनि समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने र त्यसका लागि सबै स्थानीय तह र संघसंस्थाका बिचमा सहकार्य आवश्यक रहेको बताए ।

कुश्मा नगरपालिकाले खेलमैदान, कवर्डहल विकासमा ध्यान दिइरहेको र खेलाडीको मनोवल बढाउने काम गरेको नगरप्रमुख जोशीले बताए ।

प्रतियोगिताको उदघाटन कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष ध्वजकुमार गुरूङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य ऋषि गौतम, उपाध्यक्ष लक्ष्मी पाण्डे,जिल्ला खेलकुद विकास समिती पर्वतका अध्यक्ष हर्कमान गुरुङ, कुश्मा नगरपालिका ५ का वडाअध्यक्ष रामहरी शर्मा, जिल्ला तेक्वान्दो संघ पर्वतका उपाध्यक्ष निर्मल विश्वकर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका  थिए ।

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनवहादुर गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रममा महासचिव रमेश पौडेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन पर्वत जिल्ला अध्यक्ष इन्द्रमान खत्रीले गरेका थिए ।

गण्डकी प्रदेश तेक्वान्दो संघ र तेक्वान्दो संघ पर्वतको व्यवस्थापनमा आयोजित उक्त प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाका ९४ जना खेलाडी सहभागी भएका छन् भने विभिन्न इभेन्टसका खेल हुनेछन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्