पोखरामा गण्डकी प्रदेशस्तरीय आरबेटर (रेर्फी) तालिम शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

पोखरामा शुक्रबार देखि राष्ट्रिय आरबेटर तालिम शुरु भएको छ । गण्डकी प्रदेश खेलकुद परिषद् र गण्डकी प्रदेश चेस सघंको आयोजनामा तालिम शुरु भएको हो । तालिमको गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतमले उद्घाटन गरे ।

उनले पोखरामा चेस प्रतियोगिता गर्दा आरबेटर (रेर्फी) अभाव हुने गरेमा अब त्यसको समस्या समाधान हुने बताए । कार्यक्रममा गण्डकी प्रदेश चेस संघका अध्यक्ष युवराज भण्डारीले यस क्षेत्रमा चेस खेलको विकासका लागि तालिम उपयोगि हुने बताए ।

दुई दिन सम्म सञ्चालन हुर्ने तालिममा अन्तराष्ट्रिय आरबेटर उमेश केसीले तालिम दिएका छन् । केसीले दुई दिने तालिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय नियमहरु सिकाउने बताए । तालिममा गण्डकी प्रदेश प्रदेशका ८ जिल्लाका २० जनाको सहभागीता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्