हिलाेमा फुटवल प्रतियाेगिता, विजेतालाई १० हजार रूपैयाँ नगद पुरस्कार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पाेखरा २५ हेमजामा हिलाेमा ‘थ्रि ए साइड हिले फुटवल’ प्रतियाेगिता हुने भएकाे छ ।

यहि शुक्रवार असार १५ गते हुने तेस्रो हेमजा हिले महोत्सवमा हिलाेमा नै फुटवल प्रतियाेगिता हुने भएकाे हाे । प्रतियाेगिताका विजेताले नगद १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको आयोजनामा हुने महोत्सवमा हिले फुटवलसहित उत्कृष्ट किसान सम्मान, टिकटक प्रतियाेगिता, महिला/पुरुष हिले दौड, महिला/पुरुष रसि तान्ने, घैंटो फुटाउने, धान रोप्ने, हल गोरु दौड, हिले नाच, माछा छोप्ने, भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता समावेश गरिएको छ ।

प्रतियोगितामा खेलअनुसार प्रथम र द्धितिय स्थान हासिल गर्ने सहभागि व्यक्ति / टिमलाई पुरस्कारको व्यवस्था गरेको आयोजकले प्रतियोगितालाई सभ्य, व्यवस्थित र मर्यादित बनाउनका लागि केहि खेलमा सहभागि शुल्क समेत राखेको छ ।

विष्णुपादुका मन्दिरमा आन्तरिक र बाह्य पर्यटकको आगमन पनि बढ्नुका साथै हेमजालाई कृषिको भूमिको रुपमा चिनाउन सहयोग पुग्ने उद्देश्यले महाेत्सवलाई निरन्तरता दिएकाे विष्णुपादुका देवीस्थान टोल विकास संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका माई मन्दिर हेमजाको शान’ भन्ने उद्घघाेषका साथ हुने महाेत्सव पाेखरा २५ हेमजाकाे माईस्थान मन्दिर नजिक देवीस्थान टाेलमा हुनेछ ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्