१८ औं रोपाइँ महोत्सवमा रमाए विदेशी पर्यटक

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

असार १५ का अवसरमा पोखरा पर्यटन परिषद्ले गर्दै आएको रोपाइँ महोत्सव यसपटक पोखरा–१३, कसेरी फाँटमा गरिएको छ । स्वदेशी, विदेशी तथा स्थानीयको सहभागितामा परिषद्ले रोपाइँ महोत्सव मनाएको हो । परिषद्ले १८ वर्षदेखि निरन्तर पोखराका फरकफरक क्षेत्रमा महोत्सव गर्दे आएको छ ।

पर्यटनको ‘अफसिजन’ मानिने बर्खामासमा पनि विदेशी पाहुनालाई आकर्षित गर्न सुरु गरिएको रोपाइँ कार्यक्रम अहिले महोत्सवकै रुपमा अघि बढेको महोत्सवका संयोजक कृष्ण भण्डारीले बताए । कृषि उत्पादनलाई बढावा दिन र पर्यटन प्रवद्र्धन गर्नु मुख्य उद्धेश्य रहेको उनको भनाई छ ।

आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बर्सेनि फरकफरक ठाउँमा महोत्सव गर्र्दै आएकोमा यसपटक ‘रोयल ट्रेक’को प्रवेशद्वारमा आयोजना गरिएको बताए । उनले बर्सेनि गरिने रोपाइँ महोत्सवले विदेशी पाहुना तान्न सफल भएको बताए ।

पोखरा महानगर मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय कृषि उत्पादन क्षेत्र घटिरहे पनि महोत्सवले उत्पादनसहित पर्यटनलाई टेवा पु¥याइरहेको बताए । उनले पोखरा महानगरको अधिकांश भाग अझै पनि कृषि भूभाग रहेकाले कृषिमै आत्मनिर्भर बनाउने गरी महानगरले कार्यक्रम ल्याएको सुनाए ।

महोत्सवका अवसरमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको थियो भने आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता आदि गरिएको थियो ।

महोत्सवमा पोखरेलीसँगै स्वदेशी तथा विदेशी पर्यटक सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्